इटलीको जनसङ्ख्या सन् २०१६ मा फेरी कम भएको छ । सोमबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जन्मदर पनि कम भएको छ । सन् २०१७ को जनवरी १ सम्ममा इटलीको जनसङ्ख्या ६ करोड ५७ लाख रहेको छ । यो जनसङ्ख्या अघिल्लो वर्षको भन्दा ८६ हजार कम भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
सन् २०१५ मा जन्मिनेको सङ्ख्या ४ लाख ८६ हजार रहेको र सन् २०१६ मा ४ लाख ७४ हजार जना जन्मिएको कार्यालयद्वारा प्रकाशित विवरणमा उल्लेख छ । अघिल्लो वर्ष कुल जन्मदर १.३४ रहेको थियो भने प्रत्येक महिलालाई १.३५ प्रतिशत बालबालिका परेको थियो । युरोपियन युनियनका सदस्य देशमध्ये सन् २०१५ मा इटली सबैभन्दा कम जन्मदर भएको देशमा परेको थियो ।