पूर्वी चीनमा माछा मार्ने माझी लिएर हिँडेको दुई छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा २ माझीको मृत्यु भएको छ । भने ८ जना पानीमा डुबेर बेपत्ता भएका स्थानीय प्रशासनले बताएको छ । डुङ्गा दुर्घटनामा २ जनाको मृत्यु भएको र ८ माझी बेपत्ता भएको स्थानीय सामुद्रिक तटवर्ती क्षेत्रका अधिकारीले जनाएका छन् । वेपत्ता माझीको खोजी कार्य जारी रहेको बताएको छ ।
११ जना लिएर समुद्रमा माछा मार्न निस्केको एक डुङ्गा आइतबार बिहान करिब ५ बजेतिर सुलाङघु टापु नजिक डुबेको र यसमा यात्रारत ५ जनालाई सुरक्षित उद्धार गरिएको तटवर्ती सुरक्षा प्रशासनका प्रवक्ताले बताए ।यसैगरी झाङझाउ सहर नजिकै अर्को एक डुङ्गा पानीभित्रको चट्टानमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा २ जनाको पानीमा डुबेर मृत्यु भएको छ भने दुई जना बेपत्ता रहेका बताएको छ । बेपत्ताको खोजीका लागि सामुद्रिक क्षेत्रमा डुङ्गा तथा हवाई सहयोग पठाई खोजी कार्य जारी राखिएको छ ।