नेपाली बजारमा सुनको मूल्यले दैनिक रुपमै नयाँ रेकर्ड बनाउँदै गएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मूल्य बढ्नुका यस्ता छन् मुख्य ६ कारण–
– चीन–अमेरिका व्यापार युद्ध
– अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज
– कमजोर सेयर बजार
– जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता
– इरान र उत्तर कोरियासँग अमेरिकाको कटु सम्बन्ध
– जम्मु–कश्मीर विवाद ।
सुनको मूल्य अकासिनुका मुख्य कारणसम्बन्धी यो खबर राजु चौधरीको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।