दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर प्रधामन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीलाई साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार ल्याइएको छ ।
प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने समयमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, प्रदेश– ५ का मुख्यमन्त्री शंकर पोखरेल सत्ताधारी नेकपाका महाचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नाराणकाजी श्रेष्ठ, संसदीय दलका उपनेता सुवास नेम्बाङलगायतका पदाधिकारी तथा नेता–कार्यकता अस्पताल पुगेका थिए ।
२१ फागुनमा नेपालमै मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीका सबै संवेदनशील र प्रयोगशाला परीक्षणको नतिजा राम्रो भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘उहाँ नियमित चिकित्सकको निगरानीमा रहनु हुनेछ,’ विज्ञप्तमा भनिएको छ– ‘उहाँले यसपश्चात आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै कार्यहरु गर्न सक्नु हुनेछ ।’
यस्तो छ अस्पतालको डिस्चार्ज–विज्ञप्ति–
बालुवाटार फर्केकाे केही बेरपछि प्रधानमन्त्रीकाे ह्याण्डलबाट ट्विट गरिएकाे छ–
बाह्र दिन लामाे अस्पताल बसाइपछि मृगाैला प्रत्याराेपण गरेर म आज आफ्नो निवासमा फर्केकाे छु । मेराे मृगौलाको सफल प्रत्याराेपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु ।
— K P Sharma Oli (@kpsharmaoli) March 13, 2020
यो पनि पढ्नुहोस्–
अस्पताल भर्ना हुनुअघि के भने प्रधानमन्त्री ओलीले ? (भिडियो सन्देश र पूर्ण पाठसहित)