newskoseli.Com

फस्टाउँदै अवैध बालुवा व्यापार, रातिमा पनि छोडेनन् तस्करले

तपाईलाई लाग्न सक्छ कफ्यू त स्थानीय प्रशासनले ठूलो भीड नियन्त्रण गर्न वा शान्ति सुरक्षा विग्रन नदिनका लागि सर्वसाधारणको आवतजावत र भेला हुने अधिकारलाई कुण्ठित गर्ने विधि हो ।

तर, नदीजन्य पदार्थहरुको उत्खनन्का लागि नुवाकोटका व्यवसायीहरुले राजमार्गहरुमा कफ्यू लगाउँछन् भन्दा आम सर्वसाधारणले पत्याउन गाह्रो हुन्छ । तपाई नदी किनारका बाटोमा रातिको समयमा यात्रा गर्दै हुनुहुन्छ भने यो वास्तविकता तपाई आफैंले भोग्नु हुनेछ ।

जिल्लाको तादी, त्रिशूली, कोल्पु, लिखुलगायत अन्य बालुवाखानीहरुमा अहिले अवैध बालुवाको व्यापार फस्टाउँदो छ । स्थानीय प्रशासनले अवैध खानी बन्द गर्नका लागि कडाई गरेपछि व्यवसायीहरुले रातिको समयमा बालुवा उत्खनन् गरेर राति नै विक्री गर्दै आएका छन् ।

बालुवा ओसार पसार प्रयोजनका लागि रातिदेखि विहानसम्म व्यवसायीहरुले राजमार्गमा उनीहरुको नजरमा शंकास्पद व्यक्ति तथा सवारी साधन चलाउन रोक लगाउँदै आएका छन् ।

स्थानीय प्रशासनले अवैध खानी नियन्त्रणमा आएको दावी गरेको छ । तर, जिल्लाको तादी, त्रिशूली, लिखु, फलाखुखोला किनारमा नदी उत्खनन् रोकिएको छैन । तादी खोलाको किनारमा भने दिउँसोको समयमा उत्खनन् रोकिएको स्थानीयबासीहरुले बताएका छन् ।

वर्षात् सुरु भएसँगै माथिबाट पहिरो आउने र वीचमै अलपत्र परिने डरले पासाङल्हामु मार्गको त्रिशूली रानीपौवा काठमाडौं मार्गमा दिउँसो गाडी चल्दैनन् । तर बालुवा बोकेका सवारी साधनहरु रातभर गुड्ने स्थानीयबासीहरु बताउँछन् । दिउँसो सुनसान हुने सडक रातभर बालुवा बोकेर काठमाडौं जाने ट्रिपरहरुको भीड हुने गरेको बताए ।

यस्तै च्वाडीदेखि देवीघाट, बुधसिंघाट, रातमाटे, खम्वाक्याम्पलगायतका क्षेत्रमा बालुवा उत्खनन् गर्ने व्यवसायीहरुले रात १० बजेदेखि कडा सुरक्षा गरी बालुवा तस्कर गर्दै आएका छन् ।

गंगटेदेखि पिपलटार, देवीघाटसहित विभिन्न स्थानमा व्यवसायीहरुको मान्छेले सवारी साधन रोक्ने, चेक गर्ने र आफ्नो काममा बाधा नपु¥याउनका लागि धम्क्याउनेसम्मका काम गर्दै आएका छन् ।

देवीघाट–गल्छी सडकमा राति १० बजेदेखि अन्य सवारी साधनले बाटो नपाउने मात्र होइन, शंकास्पद गाडी चेक गर्ने र सवारी नगुडाउनसमेत निर्देशन दिने गरेका छन् ।

अहिले जिल्लाका तादी, त्रिशूली, लगायतका खोलाहरुमा अवैध रुपमा बालुवा उत्खनन् हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले अवैध बालुवा खानी नियन्त्रणमा आएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रहरीको सक्रियतामा अवैध बालुवा खानीहरु बन्द भएको दावी गर्नुभयो ।

विभिन्न समाचार माध्यममा अवैध बालुवा खानी नियन्त्रणमा आउन नसक्नुमा स्थानीय प्रशासन लाचार देखिएको विषयमा समाचारहरु प्रशारण तथा प्रकाशन नभएपछि खोला तथा नदी किनारमा उत्खनन् प्रयोजनका लागि राखिएका मेशिनहरु प्रहरी प्रशासनले अटाउने अभियान चलाएको हो ।

अवैध बालुवा कारोवारबाट असारदेखि भदौसम्मको तीन महिनाको अवधिमा एक ठाउँमा चलाएको अवैध उद्योगबाट दशदेखी बाह्र करोडसम्म कारोवार हुने गरेको र त्यसबाट सातदेखि आठ करोड रुपैयाँसम्म नाफा हुने गरेको व्यवसायीहरु बताउँछन्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर