देशकै अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाइस प्याकमा ‘एकमा दुई अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रतिमिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् ।
यो योजना सोमबार (मंसिर ६, २०७३) देखि लागू भएको कम्पनीले जनाएको छ । यस योजनाअन्र्तगत हालकै मूल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाइस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्नेछन् । यसको मतलब, ११ रुपैयाँमा ११ मिनेट ‘टक टाइम’ भएको दैनिक भ्वाइस प्याकको खरिदमा अब ग्राहकले २२ मिनेट ‘टक टाइम’ प्राप्त गर्नेछन्, जुन २४ घन्टाका लागि मान्य हुनेछ ।
साप्ताहिक भ्वाइस प्याकमा ग्राहकले ६० रुपैयाँमा सात दिनको समयसिमाभएको १४० मिनेट टक टाईम पाउनेछन् । हाल यो प्याकमा ग्राहकले ७० मिनेट पाउने गरेका छन् । त्यसैगरी, मासिक भ्वाइस प्याकमा अब ग्राहकले २ सय रुपैयाँमा ४ सय मिनेट नभई ८ सय मिनेट प्राप्त गर्नेछन् । यसरी ग्राहकले अब मासिक भ्वाइस प्याक खरिद गर्दा २५ पैसा प्रतिमिनेटसम्ममा कल गर्न सक्नेछन् । भ्वाइस प्याकका मूल्यहरु करसहितका हुन् ।
ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार युएसएसडी, आईभीआर, एसएमएसलगायतका माध्यमबाट भ्वाइस प्याक सुचारु गरी ‘एकमा दुई अफर’ को लाभ लिन सक्नेछन् । ग्राहकले १७११८ डायल गरेर दैनिक भ्वाइस प्याकका लागि १, साप्ताहिक भ्वाइस प्याकका लागि २ र मासिक भ्वाइस प्याकका लागि ५ थिचेर यो सेवा सुचारु गर्न सक्नेछन् । युएसएसडीबाट सेवा सुचारु गर्न ग्राहकहरुले एस्ट्रिक १७११८ ह्यास डायल गरी आफूलाई चाहिएको विकल्प छनोट गरी सेवा सुचारु गर्न सक्नेछन् ।
त्यसैगरी, एसएमएसमार्फत भ्वाइस प्याक खरिद गर्न ग्राहकहरुले दैनिक भ्वाइस प्याकका लागि ११, साप्ताहिक भ्वाइस प्याकका लागि ६० र मासिक भ्वाइस प्याकका लागि २०० टाइप गरी १७११८ मा एसएमएस पठाई सेवा सुचारु गर्न सक्नेछन् ।
‘सेवाको शुल्क अझै घटाउँदै ग्राहकहरुका लागि थप मूल्य प्रदान गर्न यो अफर ल्याउन पाउँदा हामी निकै हर्षित छांै’, एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माले भने– ‘सुलभ दरमा उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुरुप यो अफर ल्याइएको छ ।’
एकमा दुई अफर तीन महिनाका लागि मान्य हुनेछ । भ्वाइस प्याकको समयावधि सकिएपछि वा ‘टक टाइम’ सकिएपछि ग्राहकहरुलाई एनसेलबाट एनसेलमा कल गर्दा विद्यमान् शुल्क रु २.५० (करसहित) प्रतिमिनट लाग्नेछ ।