साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रति तोला ५२ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सयले बढेर प्रति तोला ५२ हजार ४ सयमा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५२ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।
चांदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ९ सय २५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ७ सय १० तोकेको छ ।
चाँदी प्रति १० ग्राम ६ सय ५२ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।