newskoseli.Com

राष्ट्रकवि घिमिरे सहित ३ स्रष्टा ‘साझा सम्मान’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित मूर्धन्य तीन स्रष्टालाई जनही २५ हजार १०१ रुपैयाँ राशिसहित ताम्रपत्रबाट सम्मानित गरियो ।

पुल्चोकस्थित साझा प्रकाशनमा आयोजित समारोहमा राष्ट्रकवि घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र आख्यानकार मदनमणि दीक्षितलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

उनीहरुले नेपाली भाषा, साहित्य र संस्कृतिमा दिनुभएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।

सोही समारोहमा प्रधानमन्त्री दाहालले समालोचक निनु चापागाईको ‘पूर्ववाद र सइदेली विचार’ र प्राडा. ताराकान्त पाण्डेयको ‘माक्र्सवाद, सांस्कृतिक अध्ययन तथा साहित्यको समाज शास्त्र’ लोकार्पण गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर