newskoseli.Com

सुन तस्करी आरोपमा विमानस्थल भन्सारका २ अधिकृत पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फरक फरक स्थानबाट आरोपी अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो । प्रहरीले सुन तस्करीमा मिलेमतो र संलग्नताको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका २ अधिकृत पक्राउ गरेको छ ।

सीआईबी स्रोतले भन्यो, ‘सुन तस्करीमा यादव र ढकालको मिलेमतो र संलग्नता आधारहरु देखिए । त्यही भएर काठमाडौंबाट बिहीबार पक्राउ गरेका हौं ।’

विमानस्थल भन्सारका महानिर्देशक शिशिर ढुंगानाले भने आफ्ना कर्मचारीलाई पक्राउ गरेकोबारे थाहा नभएको बताए । उनले भने, ‘उहाँहरुहरु पक्राउ परेको मलाई थाहा छैन, म उपत्यका बाहिर जाँदैछु ।’

त्यस्तै, विमानस्थलका भन्सार शाखाका उपसचिव नारायण सापकोटा पनि पक्राउको घटनाबारे जानकारी नै नभएको भन्दै पन्छिन खोजे । उनले भने, ‘म बैठकमा छु, पक्राउ परेको थाहा छैन ।’ गत बिहीबार विमानस्थलबाट ३३ किलो सुन बाहिरएपछि भन्सारका २९ जना कर्मचारीलाई जिम्मेवारीविहीन बनाइसकेको छ ।

सुन तस्करी प्रकरणपछि विमानस्थल भन्सारका दुई कर्मचारी भने निलम्बित भएका छन् । महानिर्देशक शिशिर ढुंगानाका अनुसार प्राविधिक कर्मचारी प्रद्युन्नहरि श्रेष्ठ र श्याम श्रेष्ठ निलम्बनमा परेका हुन् । उनीहरु लगेज एक्सरे मेसिनमा काम गर्थे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर