“कलेजोको क्यान्सर भएको पुष्टि भएपछि माया मारिसकेका थियौं आमाको, धन्न आयुर्वेदिक औषधि खाएर ठीक हुनुभयो”, ६४ वर्षीया चित्रमाया खनालका छोरा लेखनाखले सुनाए ।
शान्तिडाँडा– ९, इलाम निवासी चित्रमायालाई ४ वर्षअघि कलेजोमा समस्या देखिएपछि क्यान्सरको आशङ्काले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा रोग भएको पुष्टि भयो । “बिरामी बोल्न नसक्ने, चम्चाले पानी पिलाएर राखिएको थियो, डाक्टरले शल्यक्रिया गर्दा बाँच्ने सम्भावना पाँच प्रतिशत मात्र हुन्छ भनेपछि शल्यक्रिया गर्न मन लागेन, आयुर्वेदिक औषधि खुवाएँ, अहिले आमालाई पूर्ण रुपमा ठीक छ”, खुसी व्यक्त गर्दै खनालले थपे ।
कुपन्डोल, ललितपुरस्थित गुरुद्वारा नजिकै रहेको आयुर्वेदीय औषधालयका प्रमुख गणेशबहादुर राउतसँग परामर्श गरी उनले आफ्नी आमालाई ४ महिना आयुर्वेदिक औषधि खुवाएका थिए । “वैद्यले त ३ महिना औषधि खुवाए पुग्छ भनेका थिए, मैले नै पूरा ठीक होस् भनेर थप १ महिना खुवाएँ, पछि परीक्षण गर्दा पूर्ण रुपमा ठीक भएको प्रतिवेदन आयो, कलेजोका लागि आयुर्वेदिक औषधि अमृत सावित भयो” आफ्नी आमाले थप जीवन पाएको अनुभव उनले सुनाए ।
चित्रमाया मात्र हाेइन, उनीजस्ता धेरैले आयुर्वेदिक औषधिबाट पुनर्जीवन पाएका छन् । कपनका ४५ वर्षीय बद्री खड्काले बाँच्ने आशा गुमाइसकेका थिए तर अहिले स्वस्थ जीवन बिताइरहेका छन् । “कलेजोमा क्यान्सर भयो भनेपछि आँतले हरेस खाइसकेको थियो, ३ महिना आयुर्वेदिक औषधि खाएपछि ठीक भयो”, उनले अहिले आफूलाई कलेजोको कुनै समस्या नभएको सुनाए ।
आयुर्वेदिक औषधिको प्रयोगले आफूले नयाँ जीवन पाएको राजकुमार केसीको पनि अनुभव छ । ४२ वर्षीय केसी ३ महिना आयुर्वेदिक औषधिको सेवनपछि अहिले पूर्ण रुपमा ठीक छन् । “कलेजोमा क्यान्सर भएपछि बाँचुला, यसरी काम गरेर खान सकूँला भन्ने थिएन, जीवन सकिएजस्तो लागेको थियो, आयुर्वेदिक औषधिले ज्यान बचायो”, उनी भन्छन् ।
रोगीलाई उपचार र परामर्श दिएर पुनर्जीवन दिने आयुर्वेदीय औषधालय प्रमुख राउतले यस्ता धेरै व्यक्तिलाई पुनर्जीवन दिने काम गरेका छन् । आयुर्वेदको खोज–अनुसन्धान गर्ने क्रममा उनले २०४६/०४७ तिर विश्व स्वास्थ्य सङ्गठनकाे सहयोगमा १५ महिने तालिम प्राप्त गरेपछि कलेजो उपचार सुरु गरेका हुन् । उनले २५ वर्षदेखि कलेजोको उपचार गर्दै आइरहेका छन् ।
कलेजो मानव शरीरको सबैभन्दा ठूलो अङ्ग हो । कलेजो, फियो, आन्द्रा र मिर्गौलाले पाचन प्रक्रियासँग अन्त्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । वैद्य राउतले भने– “कलेजो, फियो, आन्द्रा र मिर्गाैला शरीर सञ्चालन गर्ने मिटरबक्स नै हुन्, यी अङ्गले रक्त निर्माणदेखि अप्रत्यक्ष रुपमा परेका विषादीलाई समेत शुद्धीकरण गरी बाहिर निकाल्ने काम गर्छन् ।”
कलेजोसम्बन्धी समस्यालाई संस्कृतमा ‘कामला’, नेपालीमा ‘कमलपित्त’, अङ्ग्रेजीमा ‘जन्डिस’ भनेर बुझिन्छ । कलेजो झर्झराउँदो कलेजी रङको हुन्छ । विभिन्न कारणले कमलपित्त हुन सक्छ । कमलपित्त भएपछि एसजीपीटी, एसजीओटी र विर्लुबिन अत्याधिक मात्रामा बढ्छ । आफ्नो काम गर्न असक्षम भएपछि रगत उत्पादन हुन सक्दैन । रातो रक्तकोष निर्माणमा कमी हुन्छ ।
कलेजोको समस्या भएमा यसका लक्षण अल्छी लाग्ने, खानामा रुचि नहुने र शरीर शिथिल हुँदै गएर छिट्टै मृत्यु हुन्छ । लक्षण थाहा पाउनेबित्तिकै स्वास्थ्यपरीक्षण गरेर औषधि खानुपर्छ । “दक्षिण एशिया आयुर्वेदको जन्मभूमि हो, ५ हजार वर्षअगाडि चीनको तावो पद्धति (आयुर्वेदिक पद्धति) अपनाएर हालसम्म पनि चीन सरकार उच्च महत्व दिएर नागरिकको स्वास्थ्योपचारमा लागिपरेको छ । तर, चीनमाभन्दा पनि नेपालका आयुर्वेदविज्ञ धेरै गुणा कुशल र सक्षम थिए”, राउत भन्छन्– “जुन कुरा नेपालमा तयार भएको आयुर्वेदसम्बन्धी दस्तावेज ‘चन्द्रनिघण्टु’ ले पुष्टि गरेको छ तर त्यसको कार्यान्वयन गर्ने पक्षमा सरकार कमजोर देखिन्छ ।”
पहिल्लो समयमा बोटबिरुवाको तस्बिरसहित पुस्तक निकालिएको छ तर त्यसले कच्चा वैद्य उत्पादन गर्ने कार्य भएकाले आयुर्वेद बदनाम भएको छ । चन्द्रनिघण्टुका पारखी धेरै बितिसके । “नेपाल पनि आयुर्वेदको मातृभूमि हो, आयुर्वेदको विकास जरुरी छ किनभने आयुर्वेद विज्ञानले विनाशल्यक्रिया उपचार सम्भव देखाएको छ”– राउतले आयुर्वेदिक पद्धतिको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।
आयुर्वेदिक पद्धतिमा औषधि र सचेतना (आहारविहार) बाट उपचार गर्न सकिन्छ । कलेजोले विषादीलाई मलमूत्रबाट फ्याँक्ने काम गर्छ । “आयुर्वेदिक उपचार पद्धति अपनाउनेले कलेजो प्रत्यारोपण सोच्नु पर्दैन, कलेजो प्रत्यारोपण सामान्य नागरिकको पहुँचमा छैन, विदेशमा करोडाैं खर्च गर्नुपर्ने हुन्छ”, राउतले भने । खाने कुरामा ध्यान दिएर आयुर्वेदिक औषधिको सेवन गरेमा कलेजोकाे समस्या ठीक हुने राउतले पुष्टि गरेका छन् ।