
व्यवस्थापिका–संसद्ले गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सांसद ल्हरक्याल लामालाई पदबाट निलम्बन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले लामामाथि लागेको मुद्दाको किनारा नभएसम्म सांसद पदबाट स्वतः निलम्बन हुने कानुनी व्यवस्था अनुरुप उनि निलम्बनमा परेको जानकारी गराइन।