साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ । गतसाता ९१ दशमलव ३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक १ हजार ३ सय ३७ दशमलव ४६ अङ्कमा पुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६१ कम्पनीको कारोबार भएको छ । जसअनुसार २८ हजार ६८ कारोबारबाट २ अर्ब ७४ करोड ७४ लाख ५६ हजार रूपैयाँ बराबरका ६२ लाख ३४ हजार ३ सय ५० कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ६ दशमलव ४३ प्रतिशत बढी हो । गतसाता १ सय ५५ कम्पनीको कारोबार भएको थियो, जसअनुसार २९ हजार ३ सय २७ कारोबारबाट २ अर्ब ५८ करोड १४ लाख १५ हजार बराबरका ७९ लाख ७ हजार ७ सय २० कित्ता सेयर खरिदबिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ७ दशमलव २८ अङ्कले घटेर २ सय ९० दशमलव ८८ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकम १४ करोड ८८ लाख ६० हजार रूपैयाँको आधारमा बैंक अफ काठमाडौं लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी, कारोबार भएको सेयर सङ्ख्या (३ लाख ८४ हजार कित्ता) को आधारमा एनआर्इबीएल समृद्धि फन्ड अग्रस्थानमा रहेको छ । कारोबार सङ्ख्या (१ हजार ५ सय २९ वटा) को आधारमा बैंक अफ काठमाडाैं लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता एभरेष्ट फाइनान्स लिमिटेड १ लाख ९९ हजार ४ सय ३, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड १ लाख, सहारा विकास बैंक लिमिटेड ८२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको ६ लाख र मुक्तिनाथ विकास बैंक लिमिटेडको २८ लाख ५० हजार ६ सय ७१ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
यसै साता अरनिको डेभलपमेन्ट बैंक लिमिटेडको ९ लाख २८ हजार १ सय ९०, सहारा विकास बैंक लिमिटेडको ३ लाख ५४ हजार र मुक्तिनाथ विकास बैंक लिमिटेडको ४१ लाख ९२ हजार १ सय ६३ कित्ता हकप्रद सेयर तथा टुरिज्म डेभलपमेन्ट बैंक लिमिटेड १३ लाख २८ हजार २ सय ७२ अभिलेख सूचीकृत भएका छन् ।