
जनयुद्ध शुरु भएको २० बर्ष र शान्तिप्रक्रिया शुरु भएको १० बर्षपछि आधा दर्जन टुक्रामा विभक्त मओवादी नेताहरु शुक्रबार एउटै मञ्चमा देखिए । काठमाडौंंको भृकुटीमण्डपस्थित सभागृहमा पाँच दलीय संयुक्त समितिले आयोजना गरेको मञ्चमा उभिएर नेताहरुले बृहत शान्ति सम्झौताको मर्म र भावनाअनुसार काम नभएकोप्रति कडा आलोचना गरे ।
एकिकृत माअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झाैताकाे मर्म अनुसार सरकारले काम नगरेकाे उल्लेख गर्दै असन्तुष्टी पाेखेका छन् ।अध्यक्ष दाहालले द्धन्दकालिन मुद्दालार्इ व्युतायर माअाेवादीलार्इ जेल हाल्न खाेजेकाे भन्दै सक्छ भने तत्कालिन प्रधानमन्त्री शेरबहादुर र अाफुलार्इ सबैभन्दा पहिले जेल हाल्नु पर्ने बताए । शान्ति सम्झाैता अनुसार द्धन्दलार्इ टुङ्गायउने काम नभए हिंसा हुनसक्नेतर्फ सचेत हुन पनि अध्यक्ष दाहालले सबैलार्इ अाग्रह गरे । कार्क्रममा माअाेवादीका नेताहरू माेहन वैद्य, मातृका यादव लगायतले बाेलेका थिए ।
बृहत शान्ति सम्झौता र युद्धकालिन मुद्दाहरुका बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने सबै जसो वक्ताहरुले गुट र फुटका कारण टुक्रिएको माओवादीलाई एकढिक्का भएर परिवर्तनको आभाष जनतामा दिलाउन आग्रह गरे ।