दुई वर्षपछि छुट्टीमा ऊ दुबर्इबाट घर फर्कियो । उसलार्इ लिन काठमाडौं बस्ने साथीहरु एअरपोर्टमै आइपुगे । उसलार्इ लिएर साथीहरु सोझै होटलतिर हान्निए ।
कसैले भोड्का, कसैले बियर अनि परीपरीका सितन आफुखुशी मगाए । अन्त्यमा एउटा लामो बिल थमाइदिए उसको हातमा । चुपचाप बिल चुक्ता गर्यो उसले ।
भोलिपल्ट ऊ लाग्यो गाउँतिर । ‘ओहो ! लाहुरे आएछ, मेरा लागि के ल्याइस् त ?’ धेरैजसोले यही प्रश्न गरे । ‘पार्टी’ नखुवार्इ धरै दिएनन् साथीभाइहरूले । चिया पिउन पसलमा निस्कँदा त्यहाँ भएजति सबैको चिया अनि चुरोटको पैसा पनि उसैले तिर्यो ।
काकी, फुपू, ठूलीमा, सानीमा सबैले साडी किनाएरै छाडे । उसले बोकेको मोबाइल पनि अंकलको छोरालार्इ नदिइकन धरै पाएन । यसरी नै बिते उसका दुर्इ महिना ।
फर्कने दिन पनि आयो । श्रीमतीको तिलहरी बन्धकी राखेर अलिकति खर्च जोहो गर्यो अनि हिँड्यो घर छाडेर ।
फर्कंदा भने ‘बिजी भएकाले’ भन्दै उसलार्इ भेट्न नसक्ने जानकारी गराए काठमाडौंमा भएका सबै साथीले । उसले एउटा सस्तो होटलमा रात कटायो अनि भोलिपल्ट उड्यो फेरि दुबर्इतिर ।