newskoseli.Com

नारायणकाजीको दावी : ‘मदन भण्डारीका हत्यारा पत्ता लगाइछाड्छौं’

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्कालीन एमालेका दिवंगत महासचिव मदनकुमार भण्डारीको हत्यारा आफूहरुले पत्ता लगाइछाड्ने जिकिर गरेका छन् ।

मदन भण्डारीको ६७औं जन्मदिनका अवसरमा हालै आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता श्रेष्ठले भण्डारी कम्युनिस्ट आन्दोलनको मात्र नभई प्रजातान्त्रिक पार्टीहरू समेतको नेता भएको उल्लेख गर्दै उनको रहस्यमय दुर्घटनाबारे यथार्थ पत्ता लगाउनुपर्ने बताएका हुन् । भण्डारीको हत्याको रहस्यबारे पार्टीले पत्ता लगाउने दाबी उनले गरे ।

भ्रष्टाचारको अन्त्य, सुशासन, विधिको शासन नै समाजवाद निर्माणको आधार र पहिलो शर्त भएको श्रेष्ठले बताए । सोभियत युनियनको विखण्डन र पूर्वी युरोपमा कम्युनिस्ट सरकारको विघटनपश्चात कम्युनिस्टको इतिहास अन्त्य भएको कतिपयले बताए पनि नेपालमा दुईतिहाइ मत पाएर कम्युनिस्ट सरकारमा जानु सुखद भएको भन्दै उनले वर्तमान सरकारलाई ‘असफल हुने छुट नरहेको’ जिकिर गरे ।

वर्तमान सरकार असफल हुँदा मुलुकको सिंगो कम्युनिस्ट आन्दोलन धराशायी हुने उनको भनाइ थियो । कार्यक्रममा चित्रकार हरि शर्मालाई यस वर्षको मदन भण्डारी पुरस्कार प्रदान गरियो भने १४ पटक सगरमाथाको चुचुरोमा पुग्ने लाक्पागेलु शेर्पालाई पनि प्रधानमन्त्रीले दोसल्ला ओढाएर सम्मान गरे ।

शर्माले चित्रकलाको माध्यमबाट इतिहास, संस्कृतिको अन्वेषण र शेर्पाले साहसिक आरोहण र मदन भण्डारी स्पोर्ट्स एकेडेको झन्डा सगरमाथाको चुचुरोमा पुर्‍याएवापत सम्मान गरिएको मदन भण्डारी फाउन्डेसनले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर