newskoseli.Com

ड्राइभरको तलब समेत आफैं खान्छन् यी ‘माननीय’ हरु !

संघीय संसदका पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन् । धेरैले सुविधा अनुसारका दुई जना चालक राखेका छैनन् तर पारिश्रमिक भने दुवै जनाको लिएका छन् ।

प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा समितिका सभापतिहरु समेतले दुई जना चालकको सुविधा पाउँछन् । संघीय संसद् सचिवालयले पदाधिकारीलाई दुई जना सवारी चालकको सुविधा दिने गरेको छ । चालकको मासिक पारिश्रमिक भुक्तानी पनि सम्बन्धित पदाधिकारीकै बैंक खातामार्फत् गरिन्छ ।

हलुका सवारी चालकका रूपमा प्रतिसवारी चालक १८ हजार ३ सय रुपियाँका दरले दुई जना चालकका लागि मासिक ३६ हजार ६ सय रुपियाँ पदाधिकारीकै खातामा जम्मा गरिन्छ। तर, दुई सवारी चालकको सुविधा बुझे पनि अधिकांश पदाधिकारीका चालक भने एक जना मात्र रहेका छन् ।

सचिवालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङका दुई चालकले नै गेटपासका लागि नाम दर्ता गराएका छन् । गुरुङको सवारी चालकका रूपमा महेश गुरुङ र युगेन लामाको नाम सचिवालयमा दर्ता छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठका पनि दुई चालक छन् । रेकर्ड अनुसार श्रेष्ठका चालकमा सरोज तामाङ र पासाङ लामा रहेको खबर सोमबारको गोरखपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर