newskoseli.Com

विकास बजेट मासेर गाडी किन्दै सांसदहरू !

अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ । बजेट रकमान्तर भएपछि संसद सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

बिहीबार सार्वजनिक सूचनामार्फत संसद सचिवालयले ३० दिने म्याद राखेर गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो । पाँच वटा गाडी खरिद गरेको महिना दिन पनि बित्न नपाउँदै संसद सचिवालयले फेरि ११ गाडी खरिद गर्न बोलपत्र आह्वान गरेको हो ।

संसद सचिवालयले सद्दे गाडी ग्यारेजमा थन्क्याएर लगातार नयाँ गाडीहरू खरिद गर्दै आएको खबर ईश्वरी सुवेदीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर