newskoseli.Com

‘राष्ट्रसेवक’ को तलबमा यस्तो असमानता ! (कसको कति ?)

प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को तलब–भत्तामा कति फरक होला ? पत्यार नलाग्न सक्छ, दुवैको तलब बराबर छ । सरकारले ‘राष्ट्रसेवक’ लाई प्रदान गर्दै आएको तलबमान अवैज्ञानिक र त्रुटिपूर्ण छ भन्ने यो गतिलो उदाहरण हो ।

कानुनअनुसार आईजीपी र एआईजी दुवै विशिष्ट श्रेणीका पद हुन् । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका आईजीपी र एआईजीको तलब समेत बराबर छ ।

त्यस्तै, नेपाल सरकारका सचिव र नेपाली सेनाका रथी (लेफ्टिनेन्टन जनरल) को हैसियत बराबर छ । अझ मर्यादाक्रमको वरियतामा सचिवलाई आगाडि राखिएको छ । तलबमान भने रथीको भन्दा सचिवको धेरै कम छ । रथीभन्दा एक तह तलका उपरथी र सचिवको तलब बराबर छ ।

यस्तो छ अवैज्ञानिक तलबमानः

आईजीपी– ६०,६८० । एआईजी– ६०,६८०
रथी– ६२,५४० । सचिव– ६०,६८०
सहायकरथी/डीआईजी– ५१,००० । सहसचिव– ४७,३८०
प्रमुख सेनानी/प्रहरी उपरीक्षक– ४३,६४० । उपसचिव– ४०,३८०
सहसेनानी– ३९,०५० । शाखा अधिकृत– ३५,९९०

तलबमानको अवैज्ञानिकतासम्बन्धी यो खबर बलराम बानियाँको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर