newskoseli.Com

नेप्सेले किन रोक्यो ब्रोकर लाइसेन्स ?

बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से( को सञ्चालक समितिको बैठकले केही समयका लागि भन्दै यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

संघीय संसदको अर्थ समितिको पत्रका आधारमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘यस बारेमा अध्ययन गर्न अर्थ समितिले एक उपसमिति गठन गरेको जानकारी प्राप्त भएको छ,’ उनले भने– ‘अर्थ समितिले अध्ययन गरिसकेको विषयमा ब्रोकर लाइसेन्स बाँड्नु उचित देखिएन, यस कारण केही समयका लागि स्थगित भएको हो ।’

ब्रोकर लाइसेन्स स्थगनसम्बन्धी यो खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर