newskoseli.Com

भारतले दियो पुनर्निर्माणका लागि साढे दुई अर्ब

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ ।

पाँचौं नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन् ।

भारत सरकारले पुनर्निर्माण गरिरहेको गोरखा र नुवाकोटका ५० हजार निजी आवास पुनर्निर्माणका लागि सो रकम हस्तान्तरण गरेको जानकारी प्राधिकरणका प्रवक्ता तथा सहसचिव पीताम्बर घिमिरेले दिएको खबर टेनिस रोकाको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर