newskoseli.Com

७५ हजार दिएर ९० लाखको तमसुक : ९ करोड ठगी, ऋणकै कारण ३ को मृत्यु, १०० परिवार विस्थापित

सर्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौं रकम ठगी गरेको पाइएको छ ।

तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलंगवा नगरपालिका बस्ने श्यामकृष्ण साह कलवारले कम्तिमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरूलाई झुक्याएर र धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिने गरेको खुल्न आएको हो ।

कलवारले करिव ३ सय घरपरिवारलाई जबर्जस्ती ऋणको कागज गराएर दुःख दिएको भन्दै पीडितहरू न्याय माग्दै काठमाडौं आइपुगेका छन् । स्थानीय ३ सय परिवारलाई ऋण दिन १ करोड जति लगानी गरेका कलवारले १ करोड २० लाख रुपैयाँ उठाइसकेका छन् । कागज गरिएअनुसार मिटर ब्याजको रकम ९ करोडबराबर पुगिसकेको छ । ऋण तिर्न नसक्दा गाउँ नै विस्थापित हुने अवस्था आएको पीडितहरू बताउँछन् ।

उनीहरूका अनुसार सोही ऋणकै कारण लालबन्दी नगरपालिका– ३ की दुर्गादेवी चौधरीले आत्महत्या नै गरिन् । राजवीर चौधरी र सावित्री कापर पनि सोही कारणले मृत्युवरण गर्न बाध्य भए । पीडित परिवार समस्या बोकेर काठमाडौं आएपछि सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ उनीहरूलाई ‘न्याय दिलाउन’ सक्रिय भएका छन् ।

‘सरकार र कानुन हुँदा पनि मिटर ब्याज चलेको छ । एउटा व्यक्तिको आतंकले ३ सय घरपरिवार विस्थापित हुने अवस्था आएको छ । योभन्दा अन्याय के हुन्छ ?’ प्रवक्ता श्रेष्ठले भनेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर