newskoseli.Com

कति सुरक्षित छ जनताको साढे ३३ खर्ब ? चिनिया ह्याकरले बैंकबाट लुटे साढे ३ करोड

चिनिया ह्याकरले नक्कली भिसा कार्ड प्रयोग गरी नेपालका बैंकबाट साढे ३ करोड रुपैयाँ लुटेका छन् । नेपालका एटीएम बुथबाट १ करोड ७६ लाख निकालेको देखिएको छ भने भारतबाट १ करोड भारु झिकेको पाइएको नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम (नेप्स) का प्रमुख कार्यकारी प्रवीणप्रकाश क्षेत्रीले बताएका छन् ।

यो रकम निक्षेपकर्ताको खाताबाट भने काटिएको छैन । सो रकम कहाँबाट आयो भन्ने यकिन भइनसकेको क्षेत्रीको भनाइ छ । ‘नक्कली कार्ड बनाएर पैसा झिकेको देखिन्छ,’ उनले भने– ‘यसमा एउटा विशिष्ट प्रविधि प्रयोग गरेको भेटियो तर यो कारोबार नेप्सको प्रणालीसम्म नआइपुग्दै नक्कली अप्रुभल गराएको देखिन्छ ।’

नक्कली कार्ड प्रयोगबाट विभिन्न बैंकका डाटा ह्याक गरेर रकम निकालेको देखिएको प्रहरीले बताएको छ । नबिल, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट, सानिमा, कुमारी, सेन्चुरीलगायतका बैंकको एटीएम बुथमा नक्कली कार्ड घुसाएर ह्याकरले पैसा झिकेको खबर विनय बञ्जाराको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर