newskoseli.Com

तीव्र विरोधबीच ‘भिडियो कन्फ्रेन्स’ बाटै मन्त्रिपरिषदको फेरि अर्को बैठक, औपचारिक कि अनौपचारिक ?

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहितका सबै मन्त्रीहरू मंगलबार दिउँसो करिव १ बजेको आसपासतिर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जम्मा भए । केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली इन्टरनेटको भिडियो सर्भिसमा देखिए ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलसहितका मन्त्रीहरूले सञ्चो–विसञ्चो सोधे । त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पनि मन्त्रीहरूका काम–कारबाहीबारे चासो राखे । स्वास्थ्योपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच यस्तो कुराकानी भएको थियो ।

तर, यसलाई मन्त्रिपरिषदको बैठक भनिएन । प्रधानमन्त्री ओलीले दोस्रो पटक सिंगापुरबाट आफ्नो क्याबिनेटका सदस्यहरूसँग सरकारका कामबारे छलफल गरे । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै भने– ‘उहाँले आफ्नो उपचारबारे जानकारी दिनुभएको छ । मन्त्रीज्यूहरूले आ–आफ्ना कामबारे प्रमलाई अपडेट गर्नुहुने योजना ।’

भदौ ९ मा भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीलाई प्रधानमन्त्री स्वयं र राजनीतिक सल्लाहकार रिमालले मन्त्रिपरिषदको बैठक भनेका थिए । यसले गर्दा त्यसको वैधानिकता र सुरक्षालाई लिएर संसद् हुँदै सार्वजनिक सभा–समारोहमा समेत टीका–टिप्पणी भएको थियो ।

आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गरेको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर