newskoseli.Com

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल भदौ २३ देखि

दसैं–तिहार, छठ–रमजानलगायतका चाडपर्वलाई लक्ष्य गरी सरकारले भदौ २३ देखि सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ देखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको हो ।

अघिल्लो वर्ष असोज १२ देखि सहुलियत पसल सञ्चालन भएका थिए । सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने मन्त्रालयकी उपसचिव उर्मिला केसीले बताइन् ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेस लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहित निजी व्यवसायीहरूले समेत छुट दिने खबर राजु चौधरीको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर