newskoseli.Com

एटीएमबाट रकम चोरी प्रकरण : असुलीमा राष्ट्र बैंक र प्रहरी किन मौन ?

नक्कली एटीएम कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिव १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ । नेपाली एटीमबाट चोरी भएको करिव १ कारोड ८९ लाखमध्ये अधिकांश फेला परिसक्दा पनि भारतबाट चोरी भएको रकमबारे भने राष्ट्र बैंकलगायतका सरोकारवाला सबै निकाय मौन छन् ।

घटना अनुसन्धानका लागि राष्ट्र बैंकले गठन गरेको टोलीले बुधबार नै प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा भारतबाट केही रकम निकालिएको देखाइएको छ । ह्याकरले भारतबाट चोरी गरेको रकम असुलीबारे केही पनि प्रक्रिया अगाडि नबढेको राष्ट्र बैंकले जनाएको छ । प्रहरीले पनि यसबारे सोधखोज नगरेको खबर यज्ञ बञ्जाडेको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर