newskoseli.Com

नयाँ पेट्रोल पम्प खोल्न कहाँ–कहाँ कति आवेदन ? मूल्यांकन गर्दै निगम…

नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको नेपाल आयल निगमले मूल्यांकन सुरु गरेको छ । क्षेत्रीय कार्यालयहरूमा प्राप्त सिलबन्दी आवेदन मापदण्डअनुसार भए–नभएको जाँच्न थालिएको निगमले जनाएको छ ।

आवेदनमाथिको पहिलो चरणको काम यसै साता सकिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । निगलमे गत वैशाखमा सातै प्रदेशमा नयाँ पम्प सञ्चालनका लागि आवेदन खुला गरेको थियो, जसमा १ हजार २५ आवेदन परेको निगमले जनाएको छ । प्रमुख सहरहरूभन्दा पनि विकासोन्मूख सहरहरूमा पम्प सञ्चालनका लागि आवेदन परेको निगमले जनाएको छ ।

प्रवक्ता गोइतका अनुसार सबैभन्दा धेरै प्रदेश– २ मा ३ सय ४३ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशमा २२ वटा मात्र परेका छन् । त्यस्तै, प्रदेश– १ मा १ सय ८९, प्रदेश– ३ मा १ सय ३१, गण्डकी प्रदेशमा २७, प्रदेश– ५ मा २ सय र सुदूरपश्चिम प्रदेशमा ५६ वटा आवेदन परेका छन् ।

जिल्लाहरूमा सहरीकरणका साथै सडक विस्तार तीव्र भएको तर पम्पहरूको असुविधा रहेकाले नयाँ पम्प सञ्चालनका लागि आवेदन खुलाएको थियो । हुलाकी सडकहरूका लागि पम्प सञ्चालन गर्न प्राथमिकता दिइने गोइतको भनाइ छ । ‘खुला बजार अर्थतन्त्रको नीतिअनुसार मापदण्ड पुगेका सबै निवेदकले इजाजत पाउँछन्’– गाेइतले भनेको खबर लक्ष्मण दर्नालको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर