newskoseli.Com

पहिल्यै घटेको रेमिट्यान्स कोरोनापछि झन् ठप्पै

रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ ।

जबकि माघमा चीनबाहेक अन्यत्र काेरोनाको प्रभाव खासै थिएन । गत वर्षको सात महिना (वैशाख–कात्तिक) मा २८ दशमलव ५ प्रतिशतले बढेको रेमिट्यान्स चालू आर्थिक वर्षको सात महिनामा शून्य दशमलव ५ प्रतिशतले घटेको हो ।

यो अवधिमा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकको तथ्यांक छ । कोरोनाका कारण नेपाली मुद्रा कमजोर भई अमेरिकी डलर बलियो हुँदै जाँदा अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाहमा शून्य दशमलव दुई प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा हिसाब गर्दा आप्रवाह १६ प्रतिशतले बढेको खबर पूर्णभक्त दुवालको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर