प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयाँ वर्ष– २०७७ को शुभकामना दिँदै आफ्नो पारिश्रमिक कोभिड– १९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उनले बताए ।
आवश्यकता पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने नेपाली परम्परा रहेको पनि उनले बताए । नयाँ वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गरिएको प्रधानमन्त्रीको भनाइ छ । अन्यौल र विचलित नभई नआत्तालिन उनले आग्रह गरेका छन् ।