newskoseli.Com

भारत र पाकस्तान बीच आणविक युद्दको खतरा, अमेरिका चिन्तित

भारत  र  पाकस्तान  बीचको  बिबाद चरम उत्कर्षमा पुगेको छ । बिबादका  कारण  यी  दुइ देश  बीच आणविक युद्द  हुने  खतरा  बढ्दै  गएको छ ।

दुवै देश  बीचको  बिबादका  कारण परमाणु  हतियार प्रयोग  हुन  सक्ने आसंका सयुक्त  राष्टसंघले गरेको छ । उक्त आसंकाका कारण दुवै देशमा शान्ति स्थापना  गर्न बार्ताको पहल गरिएको छ ।

सकभर शान्तिवार्ता गर्न वा अधिकतम संयमित रहन राष्ट्रसंघले आब्हान गरेको छ । हालै अमेरिकी  विदेश मन्त्रालयका एकजना  प्रवक्ताले  भनेका छन् । “हामी दक्षिण एसियामा परमाणु एबं  मिसाइल जन्य हात हतियार बिकाशको बिषयलाई लिएर चिन्तित भएका छौ ।”

पाकस्तानका परमाणु कार्याक्रमका बैज्ञानिक डा. अब्दुल कदिर खानले केहिदिन अघि पाकस्तानी टेलिभिजनको एउटा कार्यक्रममा यस बारे खुलासा गरेपछि अमेरिकी विदेश मन्त्रालयबाट यस्तो धारणा आएको हो ।

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर