सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले शनिबार बसेको सो पार्टीको सचिवालय बैठकमा ३८ पेजको ‘जवाफी राजनीतिक प्रस्ताव’ प्रस्तुत गरेका छन् । यसअघि २८ कात्तिकमा बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीका ‘बदमासी’ हरूलाई संश्लेषण गर्दै १९ पेजको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिँदै अस्वीकार गरेका ओलीले ३ मंसिरमा बसेको सचिवालयको अर्को बैठकबाट सो प्रस्तावको ‘काउन्टर’ मा ‘जवाफी प्रतिवेदन’ प्रस्तुत गर्न समय मागेका थिए । सोहीअनुसार शनिबार (१३ मंसिर) मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले ३८ पेजको ५३ बुँदे ‘जवाफी प्रतिवेदन’ प्रस्तुत गरेका हुन् ।
थप यो पनि पढ्नुहोस्–
प्रचण्ड–ओलीबीच १६ गते ‘वारपार’ हुने : सचिवालयको अर्को बैठक पार्टीकै कार्यालयमा