कानुनतः अपदस्थ भैसकेका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले बिहीबार फेरि मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । उनी प्रधानमन्त्री भएयताको १९औं पटक र दोस्रो पटक प्रतिनिधिसभा ‘विघटन’ गरेयता दोस्रो पटक ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।
माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकलालाई ओलीले यसपटक सञ्चारमन्त्री बनाइदिएका छन् । एमाले वृत्तका तेस्राे पुस्ताका भनिने नेता अनि पार्टीभित्रकाे अन्तर्कलहमा झलनाथ–माधव पक्षविरूद्ध निकै चर्काे रूपले ‘भिड्दै’ विवादित बनेका खगराज अधिकारीलाई गृहमन्त्री बनाइएको छ ।