नेकपा (एमाले) को अध्यक्ष ओली पक्षले २८ असारमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलालाई लिएर सर्वोच्च अदालतको कठोर आलोचना गरेको छ । शुक्रबार (१ साउनमा) ललितपुरमा बसेको ओली पक्षीय स्थायी कमिटीको बैठकले यस्तो आलोचना गरेको हो ।
बैठकले यसअघि गठित एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलाई अनुमोदन गर्नुका साथै सो कार्यदलले भंग गरेको छ । त्यसैगरी, नवगठित शेरबहादुर देउवा सरकारलाई विश्वासको मत नदिन र विपक्षमा खडा हुन संसदीय दलमार्फत सांसदहरूलाई निर्देशित गर्ने पनि ओलीपक्षीय एमाले स्थायी कमिटीले निर्णय लिएको छ ।