newskoseli.Com

ओलीले उडाइदिए ‘१० बुँदे’ को धज्जी : माधवलाई ‘धोका’ दिएका १० नेता रुष्ट (ओलीको भनाइसहित)

एमाले अध्यक्ष खड्ग ओलीले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ‘१० बुँदे सहमति’ को धज्जी उडाइदिएका छन् । एमाले विभाजनअघि झलनाथ खनाल–माधवकुमार नेतृत्वको समूहसँग ‘एकता’ जोगाउने भन्दै दुवै पक्षका पाँच–पाँच नेता संलग्न कार्यदलले ‘एकताको सूत्र’ भन्दै ‘१० बुँदे सहमति’ कायम गरेको थियो ।

सोही ‘सहमति’ कै सिरानी हालेर उपाध्यक्षत्रय अष्टलक्षमी शाक्य, भीमबहादुर रावल र युवराज ज्ञवाली तथा उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, योगेशकुमार भट्टराई र गोकर्ण विष्ट एवं नेताहरू अमृतकुमार बोहोरा, सुरेन्द्र पाण्डे र रघुजी पन्तसहितका १० नेताले अन्तिम घडीमा खनाल–नेपाल पक्षलाई ‘धोका’ दिँदै ओलीलाई नै साथ दिएका थिए । त्यसबेला उक्त ‘सहमति’ कार्यान्वयन गरिने बताएका ओलीले त्यसलाई लागू गर्दै आइरहेकामा अन्ततः त्यसको कुनै औचित्य नरहेको भन्दै अब त्यसबारे आवाज समेत नउठाउन १० नेतालाई चेतावनी दिए ।

‘१० बुँदे’ बारे के भने ओलीले ?

‘हामीले आन्तरिक अनेकता होइन एकतामा जोड दिनुपर्छ । हिजो कता के भयो ? यो १० बुँदे… के–केजाति एकतारे बजाएर भजमन गोविन्दम् गरिरहनु आवश्यक छैन । १० बुँदे, १० बुँदे, १० बुँदे, १० बुँदे… यो पनि धेरै रेटिरहनु आवश्यक छैन । मिलेर, एकताबद्ध भएर अगाडि बढौं न खुरुक्क ! अब कति बजाउने १० बुँदे ट्याङट्याङ… ? माधव आउँछ कि भनेर, पार्टी फुटाउँदैन कि भनेर पो १० बुँदे गरेको त ! अब के १० बुँदे–१० बुँदे ?’

अझ अगाडि बढेर ओलीले भने– ‘हाम्रो पार्टी, हामीले बनाएको पार्टी अलिअलि साथीहरूले बाटो बिराउनुभएको होला । फर्केर आउने, काम गर्ने– सिद्धियो त, हामीले भनेकै छौं ! माधव नेपालको कुरा बेग्लै हो । माधव नेपालसँग झुक्किएर गएका, बाटो बिराएकालाई पनि फर्क भनिरहेका छौं हामी । कुनै भेदभाव गर्दैनौं– आऊ, योग्यताअनुसार कमिटीमा बस्ने, जिम्मेवारी लिने । जहाँ राख्न मिल्छ, राख्ने । कुनै आग्रह छैन, तर माधव नेपाललाई नो इन्ट्री !’

‘१० नेता’ काे प्रतिक्रिया

ओलीको यस्तो अभिव्यक्तिपछि उपाध्यक्ष भीम रावललगायतका नेताहरुले तीव्र आपत्ति प्रकट गरेका छन् । नेता रावलले १० बुँदे ‘एकतारे’ नभई एकताको ‘११ तारे बिगुल’ भएको भन्दै सार्वजनिकरुपमै ओलीलाई जवाफ फर्काएका छन् । अरू नेताहरूले पनि स्थायी कमिटीकाे बैठकमा उक्त अभिव्यक्तिबारे प्रश्न उठाउने भएका छन् ।

यस्तो छ सामाजिक सञ्जालमार्फत रावलको जवाफ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर