![](https://newskoseli.com/wp-content/uploads/2022/01/mohan_bikram-chitra_bahadur.jpg)
पाका वामपन्थी नेता मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) केहीअघि विभाजित भएर तीन टुक्रा बनेको थियो । विभाजित दुई समूहमध्येको एउटा समूह यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरिसकेको छ भने अर्को समूहचाहिँ बेग्लै पार्टी गठन गरेर ‘आक्रामक’ रुपले अघि बढिरहेको छ ।
पार्टी विभाजन भएको केही समयपछि शनिबार मसालकै वरिष्ठ नेता चित्रबहादुर केसीले अध्यक्षता गरिरहेको उक्त पार्टीको ‘चुनावी’ या ‘वैधानिक मोर्चा’ अर्थात् ‘राष्ट्रिय जनमोर्चा (राजमो)’ समेत विभाजित भएर दुई टुक्रा बनेको छ । नेकपा (मसाल) बाट विभाजन भएर ‘नेकपा (मसाल) समन्वय समिति’ को केन्द्रीय समिति गठन गरेको पक्षले शनिबार ‘राष्ट्रिय जनमोर्चा’ को समेत ‘समन्वय समिति’ घोषणा गरेको हो ।
१५ माघमा भर्चुअल माध्यमबाट सम्पन्न विशेष राष्ट्रिय भेलाबाट ‘राष्ट्रिय जनमोर्चा, केन्द्रीय समन्वय समिति’ गठन गरेसँगै राष्ट्रिय जनमोर्चा विधिवत विभाजित भएको छ । विभाजित राजमोको केन्द्रीय अध्यक्षमा कृष्णराज पौडेल छन् भने उपाध्यक्षहरूमा चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी छन् । त्यस्तै, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्षमा ओमबहादुर केसी र सचिवमा गौरीलाल कार्की रहेका छन् ।
भेलाले ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको जानकारी सो पार्टीनिकट पत्रकार नारायण शर्माले दिएका छन् । यसअघि मंसिरमा विभाजित उक्त मोर्चाको ‘माउपार्टी’ अर्थात् ‘नेकपा (मसाल) समन्वय समिति’ को संयोजकमा सन्तबहादुर नेपाली र प्रवक्तामा कृष्णराज पौडेल छन् । सो पक्षले मंसिरमै राष्ट्रिय भेला गरी ५७ जना केन्द्रीय सदस्य र ११ जना सल्लाहकार सहितको केन्द्रीय समन्वय समिति गठन गरिसकेको थियो ।
मोहनविक्रम सिंहले नेतृत्व गरेको पार्टी ‘संसदवादमा फसेको’ आरोपसहित विभाजित पक्षले वर्तमान संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यव्यवस्था स्थापनाका निम्ति अघि बढ्ने जनाएको छ । मोहनविक्रम–चित्रबहादुरहरूले पार्टीलाई दक्षिणपन्थी विचलनबाट डुबाएको आरोप लगाउँदै आन्दोलनलाई त्यसबाट रोक्न वैचारिक संघर्ष गर्ने उद्देश्यले समन्वय समिति गठन गरेको सन्तबहादुर–कृष्णराज पक्षको दाबी छ ।
यस्तो छ विभाजित पक्षको विज्ञप्ति–
राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितीको नामावली
(२०७८ माघ १५ गते सम्पन्न विशेष राष्ट्रिय भेला द्वारा निर्वाचित)
१. अध्यक्ष : कृष्णराज पौडेल (नवलपरासी)
२. उपाध्यक्ष : चिन्तामणि पौडेल (काठमाडौं)
३ उपाध्यक्ष : सूर्या थापा (काठमाडौं)
४. उपाध्यक्ष : सुरेन्द्र भण्डारी (मोरङ)
५. महासचिव : लालबहादुर जाग्री (डडेल्धुरा)
६. सचिव : गौरीलाल कार्की (बाँके)
७. कोषाध्यक्ष : ओमबहादुर केसी (दाङ)
सदस्यहरु :
८. बालकृष्ण सुवेदी (सुनसरी) ९. नरबहादुर थापा (रुपन्देही) १०. मनिराम सापकोटा (रुपन्देही) ११. लक्ष्मी न्यौपाने (रुपन्देही) १२ . उद्धव ऐर (डडेल्धुरा) १३. धनबहादुर बोहरा (डडेल्धुरा) १४. कर्ण थापा (बारा) १५. दिपक चौधरी (बारा) १६. रामबाबु साह (बारा) १७. मोमिना खातुन (बाके) १८. गुणनिधी आचार्य (बाके) १९. श्रीप्रसाद थापा (बागलुङ) २०. रेशम गिरि (बागलुङ) २१. गोपाल नेपाली (दाङ) २२. शशीराम बुढाथोकी (दाङ) २३. नारायण सापकोटा (बागलुङ) २४.वीरेन्द्र थापा (बागलुङ) २५. रामबहादुर जिएम (दाङ) २६. राजेन्द्र नेपाली (अर्घाखाँची) २७. राधा खरिवडा (मोरङ) २८. रामहरि धिताल (मकवानपुर) २९. राजिमसुर राई (भोजपुर) ३०. सन्तोष राई (झापा) ३१. लेखनाथ शर्मा (नवलपुर) ३२. धनपती ज्ञवाली (नवलपुर) ३३. शोभादेवी सापकोटा (नवलपुर) ३४. खगेश्वर शर्मा (पार्सा) ३५. तपसी चौधरी (पर्सा) ३६. मनु बिक (प्युठान) ३७. जितामित्र सुनार (प्युठान) ३८. वीरबहादुर पुन (प्युठान) ३९. तारा पौडेल (चितवन) ४०. लक्ष्मी रिजाल “उदय ” (कैलाली) ४१. सुशील शाही (कालिकोट) ४२. विक्रम थापा (कास्की) ४३. नरेन्द्र झुकाल (कंचनपुर) ४४. धर्मदेव पन्त (कंचनपुर) ४५. हिमलाल वाग्ले (कपिलवस्तु) ४६. कमल खड्का (कपिलवस्तु) । ५१ सदस्यीय केन्द्रिय समितिमा पाच सदस्यको स्थान पछि केन्द्रिय समितीले पूर्ति गर्ने गरी हाललाई रिक्त राखिएको ।