newskoseli.Com

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । विभिन्न स्वास्थ्य समस्याले पीडित ८३ वर्षीय ढुंगानाको उपचारकै क्रममा राजधानीको फ्रन्ट लाइन अस्पतालमा आइतबार निधन भएको हो ।

वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना २०४८ देखि २०५१ सम्म सभामुख थिए । तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरूबीच शान्ति प्रक्रिया सुरू गराई सफल तुल्याउन समेत उनले महत्त्वपूर्ण भूमिका पनि खेलेका थिए ।

आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर सभामुख बनेका ढुंगाना २०५१ को संसदीय चुनावमा भने काठमाडौं– २ मा एमाले उम्मेदवार विद्यादेवी भण्डारीसँग पराजित भएका थिए ।

२०४६ को जनआन्दोलनका बेला उनी नेपाली कांग्रेसको प्रवक्ता थिए । ३ जेठ, १९९८ (वि.सं.) मा जन्मिएका ढुंगानाको २ मंसिर, २०८१ मा निधन भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर