newskoseli.Com

तिब्बती सीमाबाट भोटेकोशीमा भीषण बाढी : रसुवा–नुवाकोटमा व्यापक क्षति

चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपालको रसुवागढी नाका हुँदै आज (१० भदौ) बिहान करिव पौने ९ बजेतिर आएको भीष्ण बाढीले रसुवा र नुवाकोट तथा आसपासका अरु केही जिल्लामा व्यापक जनधनको क्षति गराएको छ । सीमाक्षेत्रमा खासै वर्षा समेत नभइरहेको र नेपालतर्फ टन्टलापुर घाम लागिरहेको बेला एक्कासि आएको त्यस क्षेत्रमा सम्भवतः इतिहासकै सवैभन्दा ठूलो बाढी के कारणले र कसरी आयो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

बाढी आउनुअघि सीमाक्षेत्रको चीनतर्फ भूकम्पका स–साना धक्का गएको, त्यस क्षेत्रमा केही हिमतालहरू समेत रहेको र केही दिनअघिदेखि नै उक्त क्षेत्रमा वर्षा समेत आउने–रोकिने भइरहेको हुँदा वर्षा र पहिरोले कोशी थुनिएर विष्फोट भएको हो वा हिमताल फुटेर बाढी आएको हो भन्ने यकिन भइसकेको छैन । बाढीका कारण रसुवागढी नाका, स्याफ्रूबेँसी, टिमुरे र मैलुङ क्षेत्र तथा नुवाकोटका बेत्रावती, सदरमुकाम विदुरलगायतका क्षेत्रमा बजार पूरै बगाएको वा डुबाएको, दर्जनौ पुलहरू समेत बगाएको र सयौँ नागरिक हराइरहेको हुँदा व्यापक क्षति भइसके तापनि जनधन क्षतिको तत्काल विवरण संकलन र यकिन गर्नु असम्भव भएको छ ।

रसुवागढी भन्सार कार्यालय, त्यस क्षेत्रका होटल तथा व्यवसायसहित पूरै बजार र अरू दर्जनौ बजार तथा बस्तीहरू समेत बाढीले बगाइसकेको हुँदा क्षतिको विवरण अकल्पनीय रहेको सहजै आँकलन गर्न सकिन्छ । बुधबार बिहानै करिव २ बजे गोरखाको पालुङटारबाट रसुवाको गोसाइकुण्डतर्फ जाँदै गरेको ग २ ख ११५२ नम्बरको बस पनि सम्पर्कविहीन भएको छ । उक्त्त बसमा ३५ देखि ४० का बीच तीर्थयात्री सवार रहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर