newskoseli.Com

बाढी–पहिरो विपद् : १९० को मृत्यु, २३८ घाइते, १४९ बेपत्ता

अविरल वर्षाको कारण जेठ २८ देखि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोलगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । बाढी–पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९० जनाको मृत्यु भएको हो ।

बाढी–पहिरोकै कारण काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ३८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १४ जनाको उद्दार गरिएको समेत सोमबार अपराह्न प्रेषित प्रहरीको बुलेटिनमा उल्लेख छ । बाढी–पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेकाे प्रहरीकाे भनाइ छ ।

प्रहरीले जनाएअनुसार बाढीका कारण ३ सय ८४ घर डुबानमा परेका छन् भने ३ सय २७ वटा घर, १ सय १२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस क्रममा ८ सय ५२ वटा पशु चौपायको मृत्यु भएको छ । यस अवधिमा विपदका घटनाबाट ४ हजार ८ सय १९ घरपरिवार विस्थापित भएका छन् ।

तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर