newskoseli.Com

देउवा भन्छन्– ओलीको राजीनामा पर्खिरहेछौं

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अल्पमतमा परेकाले आफूहरू प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिने विश्वासका साथ प्रतीक्षारत रहेको बताएका छन् । बुधबार बसेको नेकां संसदीय दल तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको संयुक्त बैठकबाट बाहिरिने क्रममा देउवाले आफूहरू ओलीको राजीनामा पर्ख...बाँकी

यस्तो छ कांग्रेस–माओवादी केन्द्रबीचको सातबुँदे सहमति

जनताको चाहनाअनुसार १२ बुँदे समझदारी, २०६२/०६३ को जनआन्दोलन, विस्तृत शान्ति सम्झौतासम्मको सहमति र सहकार्यलाई स्मरण गर्दै, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको ऐतिहासिक उपलव्धिमा गर्व गर्दै नेपाली जनताको साझा सम्पत्ति नेपालको संविधानलाई सबै नेपालीले स्वीकार गर्ने वातावरण...बाँकी

ओलीले राजीनामा नदिने अविश्वासको प्रस्ताव अाए संसदमै सामना गर्ने

नेकपा माओवादी केन्द्र बाहेकका सत्तारुढ दलहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ सकिएको बैठकमा सहभागी दलका नेताहरुले प्रधानमन्त्री ओलीलाई साथ दिन तयार भएपछि यस्तो निर्णय गरिएको बैठकमा सहभागी एक नेताले बताए । माओवादी केन्द्र ...बाँकी

नयाँ सरकारबारे संवैधानिक अन्यौलता : व्याख्या आ–आफ्नै अनुकूलतामा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिर्इ मन्त्रीपरिषदबाट बाहिरिएपछिको अवस्थाका बारेमा संविधानमा स्पष्ट व्यवस्था नहुँदा अन्यौलता देखिएको छ । नेकपा (एमाले) अाफूसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै मंगलबार माओवादी ...बाँकी

टुटेफुटे–भत्केका संगठन जोड्यौं, अब गति लिनुपर्छ : शर्मा

नेकपा माओवादी केन्द्रका नेता एवं बुद्धिजीवी फ्र्याक्सन इन्चार्ज दिनानाथ शर्माले टुटेफुटेका र भत्किएका माओवादी घटक तथा जनसंगठनहरुलाई फेरि एक ठाउँमा ल्याउन सफल भइएकोमा सन्तोष प्रकट गरेका छन् । विभिन्न माओवादी घटकहरुबीचको एकतापछि गठित नेकपा माओवादी केन्द्र आबद्ध बुद्धिजीवी संगठनहरुको एकता भेलाका निर...बाँकी

माअाेवादीले सरकार छाडेपछि एमाले स्थायी कमिटी बस्दै

सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिनुका साथै मन्त्रीपरिषदबाट नेकपा (माओवादी केन्द्र) फिर्ता भर्इ सरकार अल्पमतमा परेपछिको अवस्थाबारे छलफल गर्न मंगलबार साँझ नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ । सरकारको नेतृत्वकर्ता एमालेले सत्ता साझेदार माओवादीको सो निर्णयबारे स्थायी कमिटीको बैठकपछि मात्रै आ...बाँकी

माओवादी केन्द्र सरकारबाट हट्यो : अल्पमतमा पर्‍यो ओली सरकार

नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलार्इ मन्त्रीपरिषदबाट फिर्ता बोलाएको छ । माओवादी केन्द्रको यो दकमसँगै केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ सम्बोधन गर्दै एक पत्र ले...बाँकी

दिल्ली जाँदै गरेको यात्रुबस भारतमा दुर्घटना

नेपालबाट नयाँ दिल्लीतर्फ जाँदै गरेको यात्रुबस भारतको उत्तर प्रदेशमा पर्ने बहराइच जिल्लामा दुर्घटना हुँदा ५ को मृत्यु भएको छ । दुर्घटनामा ३०  घाइते भएका छन् । साेमबार राति ट्रकसँग ठोक्किएर बस दुर्घटना भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । दुर्घटनास्थल बाँकेको नेपालगञ्जबाट ६० किलोमिटर टाढा ...बाँकी

ठग्ने ‘ठूला’ विद्यालयमाथि कारबाही गर्ने निर्देशन

तोकेको भन्दा बढी शुल्क लिने विभिन्न निजी (संस्थागत) विद्यालयलाई कारबाही गर्न सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई शिक्षा विभागले निर्देशन दिएको छ । शुल्क व्यवस्थापन तथा अनुगमन केन्द्रीय समितिको निर्णयानुसार शिक्षा मन्त्रालयअन्तर्गतका सहसचिवको नेतृत्वमा उपत्यकाका १८ संस्थागत विद्यालयको शुल्क, छात्र...बाँकी

राष्ट्रपतिले नियुक्त गरिन् प्रधान न्यायाधीश र प्रमुख निर्वाचन आयुक्त

राष्ट्रपतिले सोमबार सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश एवम् कामु प्रधान न्यायाधीश सुशीला कार्कीलाई सर्वेच्च अदालतको प्रधान न्यायाधीश पदमा नियुक्त गरेकी छन् । कार्की नेपालको इतिहासमै प्रथम महिला प्रधान न्यायाधीश भएकी छन् । त्यसैगरी राष्ट्रपति भण्डारीले सोमबारै डा. अयोधीप्रसाद यादवलाई निर्वाचन आयोगक...बाँकी