newskoseli.Com

मुस्लिम धर्मावलम्बी इद पर्व मनाउँदै

मुस्लिम धर्मावलम्बीले आज इद–उलफितर पर्व उत्साहका साथ मनाइरहेका छन् । रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा आज बिहानदेखि मोरङ, सुनसरीलगायत जिल्लामा मुस्लिम धर्मावलम्बीले बिहानैदेखि मस्जिद वा इदगाहमा पुगेर पर्वको शुभा...बाँकी

राष्ट्रपतिद्वारा भाइचारा, मेलमिलाप, एकता र शान्तिको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितरको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली इस्लाम धर्मावलम्बीहरुमा शुभकामना प्रकट गर्दै भाइचारा, मेलमिलाप, एकता र शान्तिको अपिल गरेकी छन् । राष्ट्रपति कार्यालयले न्युजकोसेलीलाई प्रेषित गरेको विज्ञप्तिमा भनिएको छ– ‘इ...बाँकी

अाफ्नै स्याटेलाइट स्थापना गरिन्छ : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको आफ्नै भू–ग्रह (स्याटेलाइट) को स्थापना गर्न लागिएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा विनियोजन विधेयक २०७३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बाढी–पहिरोकाे जोखिमयुक्त जिल्लामा...बाँकी

समस्या समाधानमा सरकार गम्भीर भएन : खिलराज

मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकका समस्या समाधानमा सरकार तथा दलहरू गम्भीर नभएको आरोप लगाएका छन् । यावत् समस्याको समाधान गर्दै संविधान कार्यान्वयन गराउन सरकार अघि बढ्नुपर्ने रेग्मीले बताएका छन् । नुवाकाेटका शक्तिपीठहरुमा पूजाअर्चना गर्न आएका रेग्मीले संविधान कार्यान्वयनका लागि सब...बाँकी

पहिरोमा परी ८ जनाको मृत्यु

गएराति पहिरोमा परी प्यूठानमा एकै परिवारका पाँच गरी आठ जनाको मृत्यु भएको छ । उत्तरी प्यूठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । स्थानीय दुर्गाबहादुर मल्लको घरमा पहिरो आउँदा उनीसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको स्थानीय जोगिन्द्र मल्लले जानकारी दिए । मृत्यु भएका ...बाँकी

सहमति भए प्रधानमन्त्री बन्न तयार छु : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विषय मिल्नेसँग सहकार्य गरेर नयाँ सरकार गठन हुने बताएका छन् । भ्रेपलाञ्चोकको उग्रचण्डी, नालामा साेमबार सहिद ढोका उद्घाटनपछि उनले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने औँल्याउँदै आफ्ना नाममा सहमति भए आफू राष्ट्रिय सरकारको नेतृत्व गर्न तयार रहेको बताए । ...बाँकी

मूल पेशा पत्रकारिता नहुनेको सदस्यता नवीकरण रोकिन्छ : डा. विष्ट

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले अब कुनै पनि सञ्चार माध्यमले नियुक्तिपत्र नदिई काममा लगाउन नपाइने बताएका छन् । क्रियाशील पत्रकार मञ्च भक्तपुरले जिविस भक्तपुरको सहयोगमा साेमबार जिल्लाका क्रियाशील पत्रकारका लागि सञ्चालन गरेको एकदिने ‘फिचर लेखन तालिम’ को उद्घाटन गर्दै उनले सरकारले ल...बाँकी

माओवादीद्वारा भक्तपुरमा डेढसय रोपनी जग्गा कब्जा

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भक्तपुरस्थित एक प्लानिङको जग्गा कब्जामा लिएको छ । चाँगुनारायण नगरपालिका– १३, दुवाकोटस्थित प्लानिङ अवैध रुपमा चल्दै आएको भन्दै सोमबार बिहान ११ बजे माओवादीसम्बद्ध अखिल नेपाल किसान संघ (क्रान्तिकारी) ले १ सय ५० रोपनी जग्गा कब्जा गरेको हो । जग्गा व्यापारी का...बाँकी

मोर्चाको गतिविधि उस्तै, संसद् बैठक आज पनी बहिष्कार

नेपालको संविधानप्रति फरक धारणा राखेर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक पनि बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसको लगत्तै ...बाँकी

दसवर्षे विकास योजना बनाअाैं : गगन थापा

दसवर्षे विकास योजना बनाअाैं : गगन थापा अमेरिकामा रहेका नेपालीको सबैभन्दा पुरानो संस्था एएनएको जर्जिया राज्यको एटलान्टामा भएको ३३औँ अधिवेशनमा सञ्चालित फोरममा नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले तराईको समस्या र भारतीय नाकाबन्दी पृथक् विषय भएको बताउँदै नाकाबन्दी अन्यायपूर्ण कार्य भएको...बाँकी