newskoseli.Com

‘राजतन्त्र फर्काउन सम्भव छैन, मैले एनसेलको नाम पनि सुनेको छैन’ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको उनले बताए । ‘कुनै पनि हालतमा राजतन्त्र फर्किंदैन,’ उनले भने–...बाँकी

नेपाल–चीनबीच भए यी तीन महत्त्वपूर्ण सम्झौता…

नेपाल–चीन विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा भएको बृहत छलफलपछि चीनले नेपाललाई आपतकालीन अवस्थाको तयारीस्वरुप ५ हजार वटा पाल दिने, नेपालमा चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्षक पठाउने र लगभग ३५ करोड नेपाली रुपैयाँको खर्चमा मनाङमा अस्पताल बनाइदिने सहमति भएको छ । ...बाँकी

प्रचण्ड–घनश्याम भुसाल ‘दोहोरी’ : ‘झन् बढी कमाउन अझ ठूलो पद !’ (भिडियोसहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोही पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालबीच शनिबार राजधानीमा रोचक ‘दोहोरी’ चल्यो । सो पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ शीर्षकको पुस्तक विमोचन समार...बाँकी

आलोपालो प्रधानमन्त्रीबारे जनार्दन शर्मा : ‘एकता मुख्य, अरू तपशिल’; विप्लवलाई आग्रह : ‘बन्दुक पड्काएर समाजवाद आउँदैन’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले शुक्रबार बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले भने– ‘अब बन्दुक पड्काएर...बाँकी

स्वदेश फर्किए प्रधानमन्त्री ओली : ‘पहिलेजस्तै दुरूस्त, तत्काल फलोअप गर्नु नपर्ने’

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओली सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरेर शुक्रबार अपराह्न स्वदेश फर्किएका छन् । मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ लाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्माफेरेसिस) का निम्ति उनी भदौ ५ मा दोस्रो पटक सिंगापुर ग...बाँकी

टेलिश्रृंखला ‘भद्रगोल’ को डामाडाेल र ‘जिग्री’ माथिको अत्याचार

केही वर्ष यता गीत–सङ्गीत चोरी र सिर्जनामा सर्जकको सर्वाधिकार अर्थात् ‘कपिराइट’ सम्बन्धी बहस–विमर्श धेरै सुनिएका छन् । यस सम्बन्धमा बेलाबखत मुद्दा नै चलेको र पीडितले हर्जना पाएको पनि धेरै पटक सुनियो । तर, के हास्यकलाकारका सिर्जनामा चाहिँ सर्जकको ‘कपिराइट’ हुँदैन ? के हास्यकलाकारका सिर्जना चाहिँ सि...बाँकी

तीव्र विरोधबीच ‘भिडियो कन्फ्रेन्स’ बाटै मन्त्रिपरिषदको फेरि अर्को बैठक, औपचारिक कि अनौपचारिक ?

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहितका सबै मन्त्रीहरू मंगलबार दिउँसो करिव १ बजेको आसपासतिर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जम्मा भए । केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली इन्टरनेटको भिडियो सर्भिसमा देखिए । कार्यवाहक प्रधानमन्त्री पोखरेलसहितका म...बाँकी

सल्बलाएकै हो त ‘चिहानको हड्डी’ ? किन झस्किए नेताहरू ?

हामीले उदारतापूर्वक ज्ञानेन्द्रलाई नागार्जुन दरबारमा सुरक्षासहित बस्ने अधिकार दिएका छौं । हामीले उदारतापूर्वक लोकतान्त्रिक प्रणालीभित्र बस्न दिएको त अहिले ८–१० वर्ष बित्न नपाउँदै, संविधान घोषणा भएको र निर्वाचन भएको २ वर्ष नपुग्दै उनीहरूले जे बकवास गर्न थालेका छन्, बकबास गर्न बन्द गरे हुन्छ । – नेकप...बाँकी

तीज, २०७६ : पशुपतिमा २ बजेसम्ममा ४ लाख भक्तजन, अन्यत्र कहाँ, कसरी मनाइयाे ?

पशुपति मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । सोमबार बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिए । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घन्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यस...बाँकी

‘भिडियो कन्फ्रेन्स मन्त्रिपरिषद् बैठक’ बारे यसो भन्यो सरकारले…

स्वास्थ्योपचारका क्रममा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सिंहदरबारमा रहेका मन्त्रिपरिषदका सदस्यबीचको ‘भिडियो कन्फ्रेन्सको माध्यमबाट चलाइएको मन्त्रिपरिषद् बैठक’ लाई लिएर धेरै ‘उत्तेजित नहुन’ सरकारले आग्रह गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सञ्...बाँकी