newskoseli.Com

दक्षिण सुडानमा विमान दुर्घटना

दक्षिण सुडानको उत्तरपश्चिममा रहेको सहर वाउकोवाउ विमानस्थलमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको र विमानमा यात्रारत १४ जना घाइते भएको सुडानी अधिकारीले जनाएका छन् । अहिले भर्खर विमानस्थलबाट केही एम्बुलेन्स बाहिर आएका छन् र १४ जनालाई घाइते अवस्थामा अस्पताल लगिएको छ । उनीहरुको स्वास्थ्य ...बाँकी

कारबम आक्रमणमा ३ को मृत्यु ८ घाइते

आफगानिस्तानको राजधानी काबुलबाट दक्षिणतर्फ पर्ने हेलमान्ड प्रांन्तमा भएको एक कारबम आक्रमणमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका छन् ।सो आक्रमणमा परी तीन सरकार समर्थक नागरिक सेनाको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका स्थानीय अधिकारीहले मङ्गलबार जानकारी दिएका छन । हेलमा...बाँकी

सिरिया ध्वस्त पार्ने इजरायलको धम्की !

इजरायली रक्षामन्त्री अभिगडोर लाइवरमेनले आइतबार सिरियाली सेनाले जमिनबाट आकाशमा हान्ने क्षेप्यास्त्रको प्रयोग गरी इजरायली युद्धक विमानलाई आक्रमण गरेको भन्दै आफूहरूले चाहेमा सिरियाली हवाई रक्षा प्रणालीलाई नै ध्वस्त पारिदिन सक्ने बताएका छन् । 'यदि फेरि पनि सिरियाली सेनाले आफ्नो हवाई रक्षा प्रणालीको प...बाँकी

विश्वका सुखी र दुःखी १०–१० राष्ट्र कुन–कुन हुन् ?

तपार्इं आफूलाई सुख लाग्ने स्थानमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ र यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु चिजकै आवश्यकता पर्छ । जाडो यामका लागि जसरी एउटा भुवादार कोट भए पुग्छ । त्यसैगरी केवल सुखी समाजको परिकल्पनामा इमानदारीपूर्वक रमेर (सेन्स अफ कम्युनिटी) आफ्नो जीवनलाई सुखमय तुल्याउन सकिन्छ ।...बाँकी

चिनीयाँ राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

चीनका राष्ट्रपति सि जिनपिङसँग अमेरिकाका विदेशमन्त्री रेक्स टिलर्सनले आइतबार चीनमा भेटवार्ता गरेका छन् । चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री टिलर्सनले बेइजिङको ग्रेट हल अफ पिपुलमा राष्ट्रपति जिनपिङलाई भेटेर चीन–अमेरिका सम्बन्ध सुधारका बारेमा कुराकानी गरेको अधिकारीहरुले जानकारी दिएका छन् । सो अव...बाँकी

किन छाडिए राष्ट्रपति कार्यालयमा ९ वटा कुकुर ?

दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गेउन हेले राष्ट्रपति कार्यालय “ब्लु हाउस” मा आफ्ना ९ ओटा कुकुर छाडेकी छन् । आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सरेकी पार्कले ४ वर्ष अगाडि आफ्ना साथीले उपहारस्वरुप दिएका कुकुर राष्ट्रपति कार्यालयमै छाडेकी हुन् । स्थानीय एक समाचारपत्रले ...बाँकी

एक विद्यालयमा अज्ञात समूहले गोली चलाउँदा केही घाइते

फ्रान्सको दक्षिण सहर ग्रेसमा एक माध्यमिक विद्यालयमा बिहीबार अज्ञात समूहले गोली चलाउँदा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । टक्कीभिल्ले माध्यमिक विद्यालयमा भएको गोली काण्डपछि शङ्कास्पद एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना घटनास्थलबाट भागेको र उसको खोजी कार्य जारी रहेको एक...बाँकी

अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यालयमा चिठ्ठी खोल्ने क्रममा विस्फोट

अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिस कार्यालयमा प्राप्त एक पत्र खोल्ने क्रममा बुधबार विस्फोट भएको छ । विस्फोटबाट उक्त संस्थाका पेरिसस्थित एक कर्मचारी सामान्य घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विस्फोटमा मुद्रा कोषका कर्मचारीको दुवै हात र अनुहारमा सामान्य चोट लागेको प्रहरी...बाँकी

खोस्त प्रान्तमा बम विस्फोट २ को मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त खोस्तको सवारी जिल्लाको याक्उबी क्षेत्रमा रहेको एक सैनिक शिविरमा भएको कारबम विस्फोटमा परी २ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । यस आक्रमणमा परी आक्रमणकारी स्वयम र अन्य एक सैनिक अधिकारीको व्यक्तिको मृत्यु भएको सो स्र...बाँकी

हवाई आक्रमणमा ४२ को मृत्यु

उत्तरी सिरियाको अलेप्पो राज्यमा पर्ने एउटा गाउँमा अवस्थित एक मस्जिदलाई लक्ष्यगरी भएको हवाई आक्रमणमा परी बिहीबार कम्तीमा ४२ जनाको मृत्यु भएको छ । मस्जिदमा भएको यस आक्रमणमा परी मारिएका ती ४२ जना मध्ये अधिकाँश आमनागरिक रहेका अनुगमनकर्ताहरुले जानकारी दिएका छन् । अलेप्पो राज्यको राजधानीदेखि पश्चिमतर्फ ...बाँकी