फ्रान्सको दक्षिण सहर ग्रेसमा एक माध्यमिक विद्यालयमा बिहीबार अज्ञात समूहले गोली चलाउँदा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । टक्कीभिल्ले माध्यमिक विद्यालयमा भएको गोली काण्डपछि शङ्कास्पद एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना घटनास्थलबाट भागेको र उसको खोजी कार्य जारी रहेको एक प्रहरी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एएफपीलाई बताए ।
घटनापछि निसबाट ४० किलोमिटर पश्चिममा अवस्थित ग्रेस र वरपरका विद्यालयहरू बन्द गरिएको फ्रान्सेली शिक्षा अधिकारीले बताए । चिठ्ठी बम र विद्यालय आक्रमणपछि फ्रान्सका गृहमन्त्री बर्नार्ड काजेनेउभले यसअघि तय गरेको उत्तरी सोम्मे क्षेत्रको भ्रमणलाई छोट्याएर राजधानी फर्किनु भएको छ । बुधबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिसस्थित एक कार्यालयमा भएको चिठ्ठी बम विस्फोट भएको थियो । विस्फोटको ग्रीक गुरिल्ला समूहले जिम्मेवारी लिएको छ ।