१४ जेष्ठ, २०७५ |
संखुवासभा, १३ जेठ ।
धर्मदेवी नगरपालिका– १, तेल्लोकमा २७ वर्षीय योगेन्द्र पौडेलको शनिबार गोली लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृग भनेर हानेको गोली लागेर घटनास्थलमै पौडेलको मृत्यु भएको हो ।
३ जनाको समूहमा सिकार खेल्न गएका स्थानीयवासी चकेन्द्र अधिकारीले घरनजिकै जंगलमा आएको मृगलाई गोली हान्दा पौडेललाई ला...बाँकी
१४ जेष्ठ, २०७५ |
चितवन, जेठ १३ ।
आइतबार अपराह्न भरतपुरबाट २२ यात्रु लिएर काठमाडौँका लागि उडेको यति एयरको जेट स्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ ।
जहाज ४ः१० मा उडेर रिजालचोकमाथि पुग्दा सानो भंगेरो जहाजको इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको जानकारी यति एयरका भरतपुर शाखा प्रबन्धक राजेश सिंहले दिए ...बाँकी
१३ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टीको ‘संसदीय दल’ मा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भागबन्डा मिलाइएको छ । शनिबार साँझ बालुवाटारमा भएको अध्यक्षद्वयबीचको छलफलमा ओली–प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलमा नेताहरूको भागबन्डा टुंग्याएका हुन्।
सहमितअनुसार २ पदमा तत्कालीन २ पार्टीका तर्फबाट ...बाँकी
१२ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण गरी नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा नेताहरू छान्ने प्रक्रिया र छानिएका पात्रहरूप्रति सामूहिक असन्तुष्टि जनाउँदै तत्कालीन माओवादी केन्द्रका ८५ पोलिटब्युरो सदस्यहरूले तत्कालीन माओवादी अध्यक्ष एवं नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्र...बाँकी
१२ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार दिवंगत पुत्र प्रकाश दाहाल र अरू दिवंगत सगरमाथा आरोहीहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको उदघाटन गर्दै सगरमाथा नेपालका पहिचान र गौरव भएको...बाँकी
११ जेष्ठ, २०७५ |
दाङ, १० जेठ ।
तोकिएको समयमा निर्माणको काम पूरा नगरेको भन्दै बिहीबार दुई निर्माण व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहका अनुसार निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतारा पक्राउ परेका हुन् ।
शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै घोराहीबाट र महतर...बाँकी
११ जेष्ठ, २०७५ |
पाल्पा, ११ जेठ ।
कालीगण्डकी नदीमा नुहाउँदै पौडी खेल्ने क्रममा बगेर बिहीबार दुई युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका– ६, यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् ।
उनीहरूसँगै बगेका सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियारको उद्ध...बाँकी
११ जेष्ठ, २०७५ |
बर्दिया, ११ जेठ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टिनमा एक महिलाको शव भेटिएको छ । बिहीबार राति करिव १ बजेतिर जाजरकोटकी ३० वर्षीया कल्पनासिंह श्रेष्ठको शव जिल्ला क्यान्टिनभित्र झुन्डिएको अवस्थामा भेटिएको हो ।
कल्पना जाजरकोट घर भर्इ जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठक...बाँकी
१० जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
१९ हजारभन्दा बढी सरकारी कर्मचारीलाई कार्बाही गर्न राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।
गत आर्थिक वर्षभर सम्पत्ति विवरण नबुझाएका १९ हजारभन्दा बढी कर्मचारीलाई कार्बाहीको सिफारिस गर्दै केन्द्रले अख्तियार पठाएको हो । त्यसरी सम्पत्ति विवरण नबुझाई ...बाँकी
१० जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
कर्तव्य ज्यान मुद्धाका नाममा जनयुद्धकालीन झुठा मुद्धामा फसाएर जेल सजाय भोग्न बाध्य पारिएका माओवादी नेता बालकष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ ।
डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस ग...बाँकी