newskoseli.Com

राष्ट्रियसभा चुनावको तयारी पूरा, बुधबार मतदान हुँदै

माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा तयारी पूरा भएको र बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । नेपालको संविधानमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक संघीय व्यवस्थापिका हु...बाँकी

वि.सं. २०७५ का लागि स्वीकृत भए यी १३ वटा पात्रो

नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले ...बाँकी

७ नं. प्रदेशमा सभामुखको निर्वाचनको यस्तो छ कार्यतालिका

प्रदेश नं. ७ प्रदेशसभा सचिवालयले साेमबार प्रदेश सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार माघ २९ गते दिउँसो १ बजे प्रदेशसभा सभामुखको निर्वाचन हुन लागेको छ । प्रकाशित कार्यतालिका अनुसार प्रदेशसभाको निर्वाचनका लागि माघ २७ गते दिनको २ द...बाँकी

हेटौंडामै राजधानी राख्न सांसदलाई खाना र आवासमा छुट !

हेटौंडाका होटल व्यवसायीले प्रदेश नं. ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेका छन् । हेटौंडालाई स्थायी रुपमा नै प्रदेशको स्थायी राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौंडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् । सांसदका लागि शपथग्रहण गर्न आएको समयदेखि नै ...बाँकी

रहेनन् साहित्यकार मनु ब्राजाकी

साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहेनन् । शुक्रबार बिहान ७५ वर्षको उमेरमा उहाँको निधन भएको जानकारी साहित्यकार सुनील पुरीले दिएका छन् । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । साहित्यकार ब्राजाकीका श्रीमती र एक– एक छोरा–छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी...बाँकी

अझै चिसो, छिटफुट वर्षा र हिमपातको सम्भावना

उत्तर–पश्चिम वायुको प्रभावका कारण बिहीबार पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ । उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको सम्मिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौंसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो...बाँकी

नेपालमै पहिलो प्रदेशसभा बैठक सुरु

नेपालको इतिहासमै पहिलो पटक प्रदेशसभाको बैठक सुरु भएको छ । हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावपछि पहिलो पटक ३ नं. प्रदेशसभाको पहिलो बैठक बिहीबार दिउँसो हैटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा सुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्य...बाँकी

वन कार्यालयविरुद्ध अख्तियारमा उजुरी

कार्यालय प्रमुख सहितका कर्मचारीले आर्थिक प्रलोभनमा परी काठ लिलामीमा अनियमितता गरेको भन्दै जिल्ला वन कार्यालय सुनसरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । काठ लिलामसम्बन्धी कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवी प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण...बाँकी

रूख काट्दा घरैमा बसेकी वृद्धाको मृत्यु

आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका– २ मा वृद्धा युकुमारी शाहको मृत्यु भएको छ । गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिषको रूख काट्ने क्रममा रुख घरतर्फ ढल्न पुगेर ८९ वर्षीया शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको आँगनमा बसिरहेकी वृद्धालाई विद्युतीय ता...बाँकी

राजधानीमा बलात्कार र लुटपाटका घटना : प्रहरी नै अनुसन्धानको घेरामा !

राजधानीमा हालै घटेका बलात्कार र लुटपाटका दुई छुट्टाछुट्टै घटनामा प्रहरीको समेत बदमासी देखिएपछि प्रहरी नै अनुसन्धानको घेरामा तानिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले ती घटनाका सम्बन्धमा ५ प्रहरीमाथि अनुसन्धान थालेको छ । बिहीबार दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक ब...बाँकी