८ श्रावण, २०७६ |
मकवानपुरमा मंगलबार रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटाहरु अवरुद्ध पारेको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौंडा–पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुबाट हेटौंडा आवतजावत बन्द भएको छ ।
हेटौंडाको कर्रा खोलामा आ...बाँकी
७ श्रावण, २०७६ |
मेघगर्जनसँगै वर्षा हुने क्रममा परेको चट्याङमा परेर मंगलबार बिहान सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका– ३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका– ११ की ४५ वर्षीया शिवसतीदेवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताएका छन् । चौधरीको खेत...बाँकी
७ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं उपत्यका ब्युरो इन्चार्ज तथा प्रशिद्ध जनसंस्कृतिकर्मी माइला लामालाई शनिबार मध्यराति सरकारले पक्राउ गरेपछि सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कडा प्रतिक्रिया जनाएका छन् ।
सोमबारको मितिमा प्रेषित तर न्युजकोसेलीलाई मंगलबार मात्रै प्राप्त विज...बाँकी
७ श्रावण, २०७६ |
भरत केसी/रासस
पहिरोमा पुरिएर गुल्मीमा छ जनाको ज्यान गएको छ । सोमबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर सत्यवती गाउँपालिका– ३ मा एकै परिवारका दुई जना र वडा नं. ४ का तीन घर पुरिँदा चार जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर पाँच जना अझै हराइरहेका छन् ।
सत्यवती गाउँपालिका– ४, लिम्घामा खसेको पहिर...बाँकी
६ श्रावण, २०७६ |
सोमबार बिहान फेरि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई नेता पक्राउ परेका छन् ।
हिमा गाउँपालिका– ७, धाँचुगाउँका ४६ वर्षीय उक्त पार्टीका जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका– २, कालिकोटका सो पार्टीसम्बद्ध युवा सङ्गठनका कर्णाली ब्युरो अध्यक्ष ३६ वर्षीय...बाँकी
६ श्रावण, २०७६ |
विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना कार्यान्वयन गर्न जापान सरकारले नेपाल सरकारलाई ६३ करोड ९९ लाख रूपैयाँ अनुदान प्रदान गर्ने भएको छ ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थसचिव राजन खनालले अनुदान सहायतासम्बन्धी सम्...बाँकी
६ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
रोजगारीका लागि जापान जानेहरूका निम्ति अक्टोबर २७ र २८ मा भाषा परीक्षा तथा नोभेम्बर ६ र ७ मा सिप परीक्षण हुने भएको छ । पहिलो चरणमा ‘केयर गिभर’ का लागि कामदार जापान लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
भाषा परीक्षा उत्तीर्ण भएकाहरु मात्र सिप...बाँकी
२ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका– ३, सहिदगेटस्थित निलम होटल अगाडि बिहीबार शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा ५ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।
विष्फोटबाट बझाङका राम सिंह, बेलौरी– ५, कञ्चनपुरका लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी– ४, बोराडाडीका सोही ...बाँकी
२ श्रावण, २०७६ |
राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पुर्याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरेका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रबीचका पाँच वटा मूर्ति बुधबार राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ ।
मूर्ति तो...बाँकी
१ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
आमसञ्चारका माध्यमहरुको अभिलेखीकरण, वर्गीकरण र आचारसंहिता अनुगमन तथा सञ्चारसम्बद्ध झमेला र मुद्धामामिला हेर्दै आएको निकाय प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाहरुको अभिलेखीकरणका सन्दर्भमा नयाँ नियम लागू गरेको छ ।
काउन्सिलले २०७६ साउन १ देखि पत्रपत्रिकाको ‘डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली’ लागू गरेको ...बाँकी