newskoseli.Com

धनगढीमा शक्तिशाली विष्फोट, ५ घाइते, १ को अवस्था गम्भीर, पेस्तोल बरामद

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका– ३, सहिदगेटस्थित निलम होटल अगाडि बिहीबार शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा ५ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । विष्फोटबाट बझाङका राम सिंह, बेलौरी– ५, कञ्चनपुरका लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी– ४, बोराडाडीका सोही ...बाँकी

कसले, किन तोडफोड गर्‍यो बुद्धका पाँच मूर्ति ?

राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पुर्‍याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरेका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रबीचका पाँच वटा मूर्ति बुधबार राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ । मूर्ति तो...बाँकी

पत्रपत्रिकालाई प्रेस काउन्सिलको नयाँ नियम : तोकिएकै दिनभित्र पीडीएफ अपलोड गर्नुपर्ने

आमसञ्चारका माध्यमहरुको अभिलेखीकरण, वर्गीकरण र आचारसंहिता अनुगमन तथा सञ्चारसम्बद्ध झमेला र मुद्धामामिला हेर्दै आएको निकाय प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाहरुको अभिलेखीकरणका सन्दर्भमा नयाँ नियम लागू गरेको छ । काउन्सिलले २०७६ साउन १ देखि पत्रपत्रिकाको ‘डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली’ लागू गरेको ...बाँकी

बाढीपहिरोबाट निधन भएकाका परिवारलाई २–२ लाख राहत

बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश– १ सरकारले राहतस्वरुप दुई–दुई लाख रूपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश– १ मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । घाइतेको सरकारी अस्पतालमा गरिने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने तथा निजी अस्पतालमा ग...बाँकी

कार्यकर्तालाई विप्लवको निर्देशन : ‘बाढी प्रभावितको राहत र उद्धारमा तत्काल जुट्नोस्’

सरकारद्वारा ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बाढी प्रभावितहरुको राहत र उद्धारमा तत्काल जुट्न आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । महासचिव विप्लवद्वारा शनिबारको मिति उल्लेखित तर न्युजकोसेलीलाई आइतबार प्राप्त विज्ञप्तिमा सम्बन्धित मृतकका परिवार र...बाँकी

अधिकारीको निवासमै केन्द्रीय समितिद्वारा शोकसभा

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारीको निवासमै केन्द्रीय समितिले श्रद्धाञ्जलिसभा आयोजना गर्‍यो । अधिकारीको निधन भएको सातौं दिनमा शनिबार भरतपुर महानगरपालिका– १४, पृथ्वीनगरमा शोकसभा सम्पन्न गरिएको हो । शोकसभामा बोल्दै सो पार्टीका स्थायी समिति सदस्य सीप...बाँकी

बाढीको वितण्डा : ललितपुरमै ६ जनाको मृत्यु, को–को कसरी मरे ?

बिहीबार साँझदेखिको अविरल वर्षाका कारण ललितपुरमा मात्रै ६ जनाको मृत्यु भएको छ । घर भत्किएर, पहिरोमा पुरिएर र बाढीले बगाएर ललितपुरमा ६ जनाको मृत्यु भएको हो । घर भत्किएर शुक्रबार बागमती गाउँपालिकास्थित माल्टाका १३ वर्षीय बालक सरोज जिम्बा मृत्यु भएको छ भने शुक्रबार नै नै गोठमा साँझ काम गर्न गएकी ४५ व...बाँकी

खोलो तर्दातर्दै ३ किशोरी बेपत्ता

इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका– १ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका– ६, गोतामे माविमा शुक्रबार परीक्षा सकेर शनिबार घर जाने क्रम...बाँकी

१ लाख घुससहित ४ प्रहरी अख्तियारद्वारा पक्राउ

राजधानीको सामाखुसीबाट १ लाख रुपैयाँ घुससहित ४ जना प्रहरी पक्राउ परेका छन् । सामाखुसीस्थित एउटा मिठाई पसलबाट १ लाख रुपैयाँ घुससहित ४ जना प्रहरी रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् । घुस लेनदेन भइरहेको जानकारी पाएपछि पुगेको अख्तियारको ...बाँकी

पहिरोमा पुरिएर रामेछाप र काभ्रेमा ३ को मृत्यु

शुक्रबार बिहानैदेखिको अविरल वर्षाको कारण आएको पहिरोले पुरिँदा रामेछाप र काभ्रेमा गरी ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर रामेछापको रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । काभ्रेमा मृत्यु हुनेहरुको परिचय अझै खुल्न सकेको छैन । पहिरोले पुरिँदा रामेछापमा १ जना र काभ्रेको नालामा २ ज...बाँकी