६ माघ, २०७६ |
सभामुखका उम्मेदवारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर संविधानले संसद नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखका उम्मेदवारको टुङ्गो न...बाँकी
५ माघ, २०७६ |
न्युजकोसेली संवाददाता
चर्चित गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा प्रहरीले पक्राउ अनुमति पाएको बताइएको छ । प्रहरीले पक्राउ अनुमति पाएसँगै गायिका ...बाँकी
४ माघ, २०७६ |
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे आवश्यक निर्णय पार्टीले छिट्टै लिने बताएका छन् ।
शनिबार म्याग्दीको बेनीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालको विद्युत् प्रशारणलाइन र सडक स्तरोन्...बाँकी
३ माघ, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट पारित नगराउन दबाव दिँदै व्यापक जनताको सहभागितामा देशव्यापी भण्डाफोर आन्दोलन गर्ने उदघोष गरेको छ ।
माघ १ देखि १५ सम्मका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गर्दै विप्लव नेकपाले एमसीसी स...बाँकी
३ माघ, २०७६ |
न्युजकोसेली संवाददाता
रोराङ गाउँपालिका– ३, बेनीघाट, धादिङको झोलुङ्गे पुलबाट दुई नाबालक छोरासहित दम्पती नै त्रिशुली नदीमा हामफाले । चद्रागिरी, काठमाडौंका विनय लामिछाने र जमुना रेग्मी (लामिछाने) ले ६ महिना र २ वर्षका छोराहरुलाई साथैमा लिएर बिहीबार साँझ त्रिशुली नदीमा हामफालेका हुन् ।
नदीमा हामफालेकामध्ये विनयलाई जीवितै ...बाँकी
१ माघ, २०७६ |
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘दायाँबायाँ नगरी’ राष्ट्रियसभाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।
‘जेबी टुहुरेको निरन्तरता, भाग– चार’ कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आएका वरिष्ठ नेता नेपालले देशभक्तिको भावनासहित नेपाल कम...बाँकी
१ माघ, २०७६ |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग बोल्दै संसदलाई अनिर्णयको बन्दी नबनाउन उनले आग्रह गरेका हुन् । आफ्नो पार्टीलाई सभामुख दिएमा संसद् व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने दावी समेत उनले गरे ।
सत्ताधा...बाँकी
२९ पुष, २०७६ |
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी प्रशासन नतिजामुखी र परिणाममुखी हुनलाई राष्ट्रसेवकको आचरणमा सुधार ल्याउनु आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसमक्ष मंगलबार ‘उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति’ को वार्षिक प्रतिवेदन पेस हुँदा उनले सो कुर...बाँकी
१९ पुष, २०७६ |
नारायण न्यौपाने/रासस
प्रतिनिधिसभाको सभामुख चयनमा भइरहेको ढिलाइले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अझैसम्म पनि प्रणाली र पद्धतिका आधारमा निर्णय गर्ने क्षमता विकास भइनसकेको विश्लेषण हुन थालेको छ । नेकपाकै कारण सभामुख छनोट प्रक्रिया लम्बिँदा त्यस पार्टीमा अझै निर्णय पद्धति र प्रणाली नबसेका देखिएको हो ।
नयाँ ...बाँकी
१८ पुष, २०७६ |
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियससभाको आसन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको नेकपाको सचिवालय बैठकले उम्मेदवार चयन गरेको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिएका हुन् ।
उनका अनुसार प्...बाँकी