newskoseli.Com

‘यती हुर्काउने’ सरकारकाे ‘तारिफ’, देश चलाउन पनि उसैलाई दिऊँ : बाबुराम भट्टराई (ट्विटसहित)

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रहस्यमय हिमाली जन्तुका रूपमा चित्रित यतीलाई सरकारले हुर्काएकामा व्यंग्यात्मक प्रशंसा गर्दै अब देश नै उसलाई चलाउन दिन सुझाव दिएका छन् । समाजिक सञ्जाल ‘ट्विटर’ मा डा. भट्टराईले लेखेका छन्– ‘यतीको खोजीमा वैज्ञानिकहरू आजित भएका बे...बाँकी

उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले दिए राजीनामा (राजीनामा पत्रसहित)

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएको समाजवादी पार्टीले जनाएको छ । सो पार्टी सरकारमा सहभागी हुँदा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवा...बाँकी

वैद्य माओवादीको ‘कालापानी जाऔं’ अभियान : केन्द्रीय समितिको बैठकले लियो यस्ता निर्णय

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले भारतीय सीमा अतिक्रमणविरुद्ध ‘कालापानी जाऔं’ अभियान चलाउने भएको छ । सो पार्टीको मंसिर २६–२९ मा राजधानीमा बसेको भारतीय विस्तारवादका विरुद्ध चरणबद्ध संघर्ष सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले पहिलो चरणमा पुस महिनामा पार...बाँकी

नेकपाका अध्यक्षद्वयको आत्मालोचना : पार्टी संस्थागत नभएको स्वीकार (राजनीतिक प्रस्तावकाे सारांशसहित)

पार्टीको बैठक नियमित बस्न नसकेकामा नेकपाका अध्यक्षद्वयले लिखितरूपमै आत्मालोचना गरेका छन् । तीन–तीन महिनामा बस्नुपर्ने स्थायी समितिको बैठक एक वर्षपछि आइतबार सुरु भएको छ । विधानको व्यवस्थाअनुसार बैठक बस्न नसकेकामा आत्मालोचना गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनमहिने कार्ययोजनासहितको राजनीतिक ...बाँकी

कालिञ्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटना : १५ को निधन, १६ घाइते (नामावलीसहित)

दोलखाको कालिञ्चोकमा तीर्थयात्रा गएर फर्केको बस लामोसाँघु–जिरी सडक खण्डको ६ किलो नजिकै आइतबार बिहान साढे ७ बजे दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको सो बस तीर्थयात्रा गएर फर्कने क्रममा सडकबाट १ सय ५० मिटर तल खसेर दुर्घटना भए...बाँकी

धनुषामा बम विष्फोट, प्रहरी इन्स्पेक्टरसहित ३ को मृत्यु, ३ घाइते

धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका– ५, महेन्द्रनगर बजार नजिकै शुक्रबार राति बम विष्फोट हुँदा प्रहरी इन्स्पेक्टर र एकै परिवारका दुई जना गरी तीन जनाको मृत्यु भएको छ । विष्फोटमा तीन जना गम्भीर घाइते भएका छन् । महेन्द्रनगर बजारको उत्तरपूर्वतर्फस्थित कुचाइ टोलस्थित राजेश साहको घरछेउको पोलमा राखिएको ...बाँकी

माघ ९ मा राष्ट्रियसभा निर्वाचन : यस्ता छन् मन्त्रिपरिषदका अरु निर्णय

सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ गते बिहीबार गर्ने निर्णय गरेको छ । २३ मङ्सिरमा बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ९ मा निर्वाचन गर्ने र उक्त सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद...बाँकी

अर्थमन्त्रीसहित १९ काे ‘माननीय’ पद सकिँदै : चुनावको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दलहरुसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको हो । राष्ट्रियसभाको निर्वाचन गर्ने सन्दर्भमा आयोगले राजनीतिक दलहरुहरुसँग पर...बाँकी

प्रचण्डले दोहोर्‍याए : ‘कालापानी विवाद अन्तर्राष्ट्रियकरण नगरौं, झन् जटिल बन्छ’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालापानी विवादलाई अहिल्यै अन्तर्राष्ट्रियकरण गर्नु नहुने कुरा दोहोर्‍याएका छन् । पहिले राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्न कोशिस गर्नुपर्ने उनले बताएका छन् । प्रेस सङ्गठन नेपालद्व...बाँकी

उपेन्द्र यादवको लाचारी : ‘प्रधानमन्त्रीले झन् बढी माया गर्नुभो, परामर्श गरिराख्नु पर्दैन’

उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्रीमाथि व्यंग्यात्मक टिप्पणी गर्दै आफ्नो लाचारी समेत प्रकट गरेका छन् । सत्ता साझेदार दलले प्रतिनिधित्व गरिरहेको मन्त्रालय फेरबदल गर्दा प्रधानमन्त्रीले सम्बन्धित दलसँग परामर्श गरिरहनु नपर्ने भन्दै समाजवादी पार्टीका अध्यक्ष ...बाँकी