१३ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’ को ललितपुरस्थित मुख्यालयसहित देशका विभिन्न स्थानमा अवस्थित टावरहरुमाथि शुक्रबार साँझ भएको विष्फोट र आगजनीको नेतविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले औपचारिक रुपमै जिम्मेवारी लिइसकेको छ ।
उक्त विष्फोट एवं आगजनीलाई ‘कारबाही’ को...बाँकी
१२ फाल्गुन, २०७५ |
इनरुवा, १२ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुईतिहाइ बहुमतको सरकारसँग चिढिएको नेपाली काङ्ग्रेस अनर्गल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाएका छन् ।
सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिकामा आइतबार आयोजित बृहत् सभा तथा कार्यकर्ता प्...बाँकी
१२ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसको महासमिति बैठकले केन्द्रीय समितिमा पठाएको पार्टीको नयाँ विधान बहुमतबाट पारित भएको छ । आइतबार बसेको बैठकले नयाँ विधानलाई बहुमतबाट पारित गरेको हो ।
आइतबार बिहानै ११ बजे बोलाइएको केन्द्रीय समितिको बैठक दिउसो ५ बजेपछि मात्रै सुरु भएको थियो । विधानलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता...बाँकी
११ फाल्गुन, २०७५ |
पोखरा, १० फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न उद्यत् रहेको आरोप लगाउँदै यो कुरा कुनै हातमा पनि सह्य नहुने चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले शनिबार नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशन तथा पुरस्कार व...बाँकी
११ फाल्गुन, २०७५ |
काठमाडौं, ११ फागुन ।
मुलुकका विभिन्न क्षेत्रमा रहेका एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीमा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
काठमाडौं उपत्यकाबाट पक्राउ परेका ६ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका...बाँकी
११ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा एवं अघिल्लो पुस्ताका वरिष्ठ नेता कृष्णदास श्रेष्ठको निधन भएको छ ।
नेता श्रेष्ठको राजधानीको शंखमूलस्थित आफ्नै निवासमा ८७ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको श्रेष्ठका हितैषी एवं वाम आन्दोलनका अगुवा स्वनाम साथीले जानकारी दिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि...बाँकी
१० फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
शुक्रबार बिहान बसेको सत्ताधारी नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सांगठनिक एकताको प्रस्ताव तयार पार्न यसअघि गठित नौ सदस्यीय कार्यदल भंग गरिदिएको छ ।
कार्यदलको ‘असफलता’ सँगै अब केन्द्रीय सचिवालयले नै सांगठनिक एकताका बाँकी काम टुंग्याउने गरी प्रस्ताव तयार पारेर स्थायी समितिको बैठकमा प...बाँकी
१० फाल्गुन, २०७५ |
काठमाडौं, १० फागुन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगञ्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ ।
‘कांग्रेस कोइराला परिवारको बपौती होइन’ भन्ने अभिव्यक्ति देउवाले दिएका थिए । कोइराला परिवारमाथि खनिए पनि देउवाको अभिव्यक्ति शेखरप्रति लक्षित थियो । श...बाँकी
९ फाल्गुन, २०७५ |
काठमाडौं, ९ फागुन ।
सरकारले समाजकल्याण परिषदका चार पदाधिकारीलाई पदमुक्त गरेको छ ।
परिषदका उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु इन्द्रबहादुर झा र गोकर्णप्रसाद भट्ट तथा सदस्य सचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरिएको हो । उनीहरुले बदनियतपूर्वक र कानुनविपरीत कार्य गरी परिषदलाई हानि पुर्याएको भनी...बाँकी
९ फाल्गुन, २०७५ |
काठमाडौं, ९ फागुन ।
आफूलाई ‘बौद्धिक देखाउन’ नेपालमा अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको भन्दै उपराष्ट्रपति नन्दबहादुर पुनले असन्तुष्टि प्रकट गरेका छन् ।
‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस, २०१९’ को अवसरमा बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उदघाटन सत्रमा बोल्दै उपराष्ट्...बाँकी