१४ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव भैरहेको कास्की– २ का ४ मदतानस्थल नजिकै शनिबार दिउँसाे बम विस्फोट भएका छन् । पोखरा महानगरपालिका– १६ को दीपचण्डिका मतदानस्थल नजिकै शनिबार दिउँसो बम विस्फोट भएको छ । यसअघि पनि सोही निर्वाचन क्षेत्र अन्तर्गतका ३ मतदानस्थलमा बम विस्फोट भए ।
पोखरा– ३३, भरतपोखरीस्थित श...बाँकी
१३ मंसिर, २०७६ |
प्रतिनिधिसभा सदस्य, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा कुनै करणवश मतदाता परिचयपत्र नभएमा सरकारी निकायबाट फोटोसहित जारी भएको जुनसुकै परिचयपत्रका आधारमा पनि मतदाताले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा नागरिक...बाँकी
१३ मंसिर, २०७६ |
महाकाली नगरपालिका– ३, चाँदनी, कञ्चनपुरका २२ वर्षीय दीपक पन्तलाई हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका– ४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई जिल्ला प्रहरी कार्यालयले शु...बाँकी
१३ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमै बस्नुपर्ने चिकित्सकहरुले बताएका छन् । मंसिर १० मा एपेन्डिसाइटिसको अप्रेसन गराएका ओली अप्रेसनका क्रममा बनेको घाउ र त्यसबाट हुन सक्ने रक्तश्रावको सम्भावना कायम रहुन्जेल अस्पतालमै बस्नुपर्ने भएको हो ।
राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक...बाँकी
१३ मंसिर, २०७६ |
केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तापक्रम घटेर चिसो बढ्नुमा कुनै नयाँ प्रणालीको प्रभाव नभई नियमित मौसमी कारण मात्र भएको मौसमविद् प्रतिभा मानन्धरले बत...बाँकी
१२ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा शतप्रतिशत नजिक पुग्ने गरी काम गर्न निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा बुधबार आ.व. २०७६/७७ को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान सम...बाँकी
१२ मंसिर, २०७६ |
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको जनाएका छन् । सामाजिक सञ्जाल ‘ट्विटर’ मा बिहीबार ‘ट्विट’ गर्दै आफ्नो स्वास्थ्य स्थितिबारे चासो राख्ने र शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा उनले हार्दिक धन्यवाद दिएका छन् ।
ट्विटमा भनिएको छ– ‘बितेका दुई दिनय...बाँकी
१२ मंसिर, २०७६ |
कास्की– २ मा मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि ४ सय १० सरकारी कर्मचारी मतदातस्थलतिर लागेका छन् । उपनिर्वाचनका लागि ८२ मतदान केन्द्र र ३२ मतदानस्थलमा ८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४ सय १० सरकारी कर्मचारी र ३ सय २८ स्वयमंसेवक खटिने जिल्ला निर्वाचन कार्ययलका प्रमुख महेन्द्रराज सुवेदील...बाँकी
११ मंसिर, २०७६ |
कञ्चनपुरका चर्चित पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ । भण्डारी सम्पादक रहेको ‘मानखण्ड दैनिक’ पत्रिका तथा सामाजिक सञ्जाल फेसबुकमा आफूलाई बदनाम गराउने नियतले समाचार सम्प्रेषण गरेको भन्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्...बाँकी
११ मंसिर, २०७६ |
सन्धिखर्क नगरपालिका– ६, नरपानी, अर्घाखाँचीमा बुधबार बेलुका त्रासद बस दुर्घटना भएको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।
दुर्घटनामा १७ जनाको घटनास्...बाँकी